२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई तेस्रोे सफलता, रोहितले लिए दुई विकेट



अ+ अ-

काठमाडौ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।

कप्तान रोहित पौडेलले जान फ्राईलिनलाई आउट गराउदै तेस्रो सफलता दिलाएका हुन् । उनी १०.४ ओभरमा ५ रन बनाउदै आउट भए ।

यसअघि रोहितले नै नेपाललाई दोस्रो सफलता दिलाएका थिए । उनले ८.२ ओभरमा जेपी कोट्जेलाई ११ रनमा विवेक यादवमार्फत क्याच आउट गराएका थिए ।नेपाललाई पहिलो सफलता करण केसिले दिलाएका थिए ।

ताजा स्थितीमा नामिबियाले ११ ओभरमा तीन विकेट गुमाएर ६६ रन बनाएको छ ।