२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले टस हार्यो, पहिला फिल्डिङ गर्ने



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले टस हारेको छ ।

किर्तीपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर नामिबियाका कप्तानले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

नेपालले टी-२० टोलीमा केही खेलाडी परिवर्तन गरेको छ । यसअघि आईसीसी विश्वकप लिग-२ मा नपरेका अभिनाश बोहोरा, सन्दीप जोरा र विवेक यादव प्लेइङ-११ मा छन् । नामिबियाले भने लिग-२ को टोलीलाई निरन्तरता दिएको छ ।

लिग २ मा नामिबियाले नेपाललाई पहिलो खेलमा ४ विकेट र दोस्रोमा २ विकेटले हराएको थियो ।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अभिनाश बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक यादव, गुल्शन झा र दीपेन्द्रसिंह ऐरी ।