१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोहम्मद शामीको शल्यक्रिया सफल



अ+ अ-

एजेन्सी । भारतीय टिमका तिब्र गतिका बलर मोहम्मद शामी चोटका कारण टिम बाहिर छन् । एकदिवसीय विश्वकप २०२३ को एक खेलमा उनको खुट्टामा चोट लागेको थियो, जसका कारण शामी टेस्ट सिरिज खेल्न सकेनन् र आईपीएल २०२४ बाट पनि बाहिर छन्, तर हालै शामीको शल्यक्रियाको बारेमा ठूलो अपडेट आएको छ ।

मोहम्मद शामीले सामाजिक सञ्जालमा तस्विर शेयर गर्दै आफ्नो शल्यक्रिया सफल भएको जानकारी दिएका छन् । उनले इन्स्टाग्राममा पोस्टमा लेखेका छन् कि‘ मैले भर्खरै मेरो एकिलिस टेन्डन हिलको सफल शल्यक्रिया गरेको छु । यो निको हुन निश्चित रूपमा केहि समय लाग्नेछ, तर म आफ्नो खुट्टामा फर्किन उत्सुक छु ।’

्१९ नोभेम्बर २०२४ मा भएको विश्वकपको फाइनल खेलपछि भारतीय टोलीका फास्ट बलर मोहम्मद शामीले कुनै खेल खेलेका थिएनन् । फाइनलमा चोट लागेपछि उनी क्रिकेट मैदानबाट टाढा छन् । उनले घरेलु मैदानमा अस्ट्रेलियाविरुद्धको टी–२० सिरिज गुमाए । उनी इंग्ल्याण्डविरुद्धको पाँच खेलको टेस्ट सिरिजमा भारतीय टोलीमा थिएनन् । उनको स्थानमा मुकेश कुमार र आकाश दीपले मौका पाए ।