२८ मंसिर २०८२, आईतवार
,
Latest
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

लघुवित्तपीडित संसदमा छिरेपछि सिंहदरबारबाहिर हिँड्न सास्ती !



अ+ अ-

काठमाडौं । बानेश्वरस्थित संसद् भवन परिसरमा लघुवित्तपीडित प्रवेश गरेर नाराबारी गरेपछि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ ।

लघुवित्तपीडित हिजो संसद् भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेका थिए । सरकारले आज सिंहदरबार वरिपरी हिँड्न कडाइ गरेको छ । एउटा साइडबाट मात्र सर्वसाधारणलाई हिँड्न दिइएको छ । सिंहदरबार आसपास ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

कडा सुरक्षा घेराभित्र रहेको संसद् भवनमा लघुवित्तपीडित प्रवेश गरेर नाराबाजी गरेपछि सरकारले सिंहदरबारमा पनि सुरक्षा व्यवस्था कडा पारेको हो ।