१२ श्रावण २०८३, मंगलवार
,
Latest
देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्यायः कहिलेसम्म लाग्दैन शुल्क ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

घोराही रङ्गशालामा ‘दाङ क्रिकेट लिग–२’



अ+ अ-

घोराही । सोमबारदेखि दाङमा ‘नेपाल टेलिकम दाङ क्रिकेट लिग–२’ सुरु भएको छ ।

दाङ क्रिकेट सङ्घको आयोजनामा घोराही–१७ गुलरियास्थित घोराही क्रिकेट रङ्गशालामा उक्त प्रतियोगिताको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनाल र घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले संयुक्तरुपमा उद्घाटन गरे ।

स्वास्थ्यमन्त्री खनालले दाङमा क्रिकेट क्षेत्रको व्यावसायिक विकासको प्रयास सराहनीय रहेको बताए । पछिल्लो समय नेपालमा क्रिकेटले फड्को मारेकाले स्थानीयस्तरबाटै यसको विकासका लागि सबै लाग्नुपर्ने उनको भनाइ थियो । “क्रिकेटप्रति युवाको आकर्षण बढ्दो छ, खेलको विकासका लागि पूर्वाधारमा जोड दिनुपर्छ,” उनले भने ।

घोराही उपमहानगरपालिकाका नगरप्रमुख चौधरीले खेलकुद क्षेत्रको विकासका लागि घोराही उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए । उनले घोराहीमा खेल पूर्वाधारका क्षेत्रमा लगानी भइरहेको बताए ।

दाङ क्रिकेट सङ्घका अध्यक्ष प्रदीप मजगैयाले यहाँको क्रिकेट विकास गर्ने यो राम्रो अवसर भएको बताए । दाङको क्रिकेट विकासका लागि सबैको साथ र सहयोग आवश्यक भएको उनले उल्लेख गरे ।

‘नेपाल टेलिकम दाङ क्रिकेट लिग–२’ मा घोराही टाइगर्स, देउखुरी वारियर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दङ्गाली लायन्स फ्रेन्चाइज टोलीेको सहभागिता रहेको छ ।

प्रत्येक टोलीमा पाँच जनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसहित दाङ जिल्लाभित्रका यु–१६ का दुई, यु–१९ का दुई र सिनियरतर्फ पाँच खेलाडी टोलीमा सहभागी गराएका छन् । प्रतियोगिता यही फागुन १९ गतेसम्म चल्नेछ ।