१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोइनको ह्याट्रिकमा वेस्टहाम विजयी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वेस्टहाम युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा वेस्टहामले ब्रेन्टफोर्डमाथि ४–२ गोलको जित निकालेको हो ।

घरेलु मैदानमा वेस्टहामलाई जित दिलाउन जारोर्ड बोइनले ह्याट्रिक गरे । यस्तै, इमर्सन पालमीरीले एक गोल थपे ।

खेलको पाँचौं र सातौं मिनेटमा बोइनले गोल गर्दै वेस्टहामलाई दुई गोलले अघि बढाएका थिए । १३ औं मिनेटमा निल माउपेले गोल गर्दै ब्रेन्टफोर्डलाई १–२ मा ल्यााए । ६३ औं मिनेटमा बोइनले गोल गर्दै ह्याट्रिक पूरा गरे ।

६९ औं मिनेटमा इमर्सनले गोल गर्दा वेस्टहाम ४–१ ले अघि बढ्यो । ८२ औं मिनेटमा योने वीसाले गोल गरेपनि ब्रेन्टफोर्डको हार टार्न सकेनन् र टोली २–४ गोलले पराजित भयो ।

वेस्टहाम २६ खेलबाट ३९ अंकका साथ तालिकाको आठौं स्थानमा छ । ब्रेन्टफोर्ड २५ अंकका साथ १६ औं स्थानमा छ ।