३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको सङ्क्रमणबाट कति जनाले गुमाए ज्यान



अ+ अ-

काठमाडौं । पछिल्लो समयमा ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट मृत्यु हुने नागरिकको संख्या बढ्दै गएको बताइएको छ । प्राप्त समाचारअनुसार सोमबार बिहानसम्ममा ब्राजिलमा यो भाइरसबाट कम्तीमा पनि २ लाख ४६ हजार ५०४ जनाको ज्यान गएको छ ।

यसरी यहाँका नागरिक यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्यामा २ लाख ५० हजारको नजिक पुगेको बताइएको छ । यहाँ यो संक्रमणबाट पछिल्लो समयमा धेरैको मृत्यु भएको पाइएको छ । 

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात् सोमबार बिहानसम्ममा ब्राजिलमा कोरोनाको कारण २ लाख ४६ हजार ५०४ जनाको मृत्यु भएको छ ।ब्राजिलमा पछिल्ला दिनहरुमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको यहाँका अधिकारीहरुले जानकारी दिएका हुन् । ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । 

ब्राजिलमा गत २४ घन्टामा ५२७ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट नै मृत्यु भएको पाइएको छ । केही महिना यतादेखिको मृत्यु संख्या हेर्दा एकै दिनमा भएको यो मृत्यु धेरै त होइन तर पनि यहाँ मृत्यु हुनेको संख्या भने उल्लेख्य रुपमा घट्न सकेको छैन ।  त्यसैगरी गएको २४ घन्टा यता मात्र गरेको परीक्षणका क्रममा कम्तीमा पनि २९ हजार जनामा संक्रमण देखिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

गत सातासम्म यहाँका कोरोना सङ्क्रमितको संख्या ५० हजार नाघेको बताइएको थियो तर अहिले भने यो संख्या घट्दै गएको छ । दक्षिण अमेरिकामा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको ब्राजिलमा अहिलेसम्म कोरोनाका १ करोड १६ लाखभन्दा बढी नागरिक सङ्क्रमित फेला परिसकेका छन् । रासस




भर्खरै