१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

टेरामक्स घोटाला प्रकरणको विषयमा मन्त्री बस्नेत पत्रकारमाथि आक्रोशित

टेरामक्स घोटाला प्रकरणको विषयमा मन्त्री बस्नेत पत्रकारमाथि आक्रोशित
अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत टेरामक्स घोटाला प्रकरणको विषयलाई लिएर पत्रकारमाथि आक्रोशित हुनुभएको छ ।

सोमवार संसद बैठकपछि उहाँले सो प्रकरण जिज्ञासा राख्दा तपाईं कहाँको पत्रकार हो नि प्रतिप्रश्न समेत गर्नुभयो । पत्रकारहरुले सो प्रकरणमा मुछिएका तपाईले नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिनुपर्ने हो नि ? भनि जिज्ञासा राखेका थिए । मन्त्री बस्नेत भने केको नैतिकता भन्दै पत्रकारमाथि आक्रोशित हुनुभयो ।

कसैले रिस उठेर उजुरी गर्‍यो भन्दैमा प्रमाणित नभईकन केको नैतिकता हुन्छ ? मन्त्री बस्नेतको आक्रोश थियो । उहाँले एमालेले संसदमा आफ्नो राजीनामा माग गरेर ‘पुंग न पुच्छर’को कुरा गरेको टिप्पणी गर्नुभयो । मन्त्री बस्नेतले आफूले कलबाईपास घोटाला नियन्त्रण गर्नका लागि सो प्रविधिको खरिद प्रक्रिया अघि बढाउन सहमती दिएको पनि बताउनु भयो । उहाँले सो प्रकरणमा आफूले गल्ती नगरेको जिकिर गर्दै आफूमाथि उजुरी दिनेको नाम पनि समय आएपछि सार्वजनिक गर्ने बताउनु भयो ।

मन्त्री बस्नेतले भन्नुभयो, ‘हामीले हेर्दाखेरी पुंग न पुच्छरका कुरा लिएर हिँडेका छन् । उजुर गर्न आफैं हिँड्छन् । अनि, त्यहाँ बोल्न आफैँ हिँड्छन् । अनि आपूmले भनेको सबै ठिक हो भन्छन् । होइन भने बेठिक हो भन्छन् । देखिरहनुभएको छ नि तपाईहरुले । सामान्य नैतिकता देखाएनन भन्नेकुरा छ मन्त्रीहरुले । के हो नैतिकता ? सुन्नुस्, यो देशमा कानून छ । ऐन छ । कसैले कसैलाई उजुरी गर्‍यो भन्दैमा, रिस उठेर उजुरी गर्‍यो भन्दैमा प्रमाणित केही पनि नभईकन के हुन्छ नैतिकता तपाईले सिकाउनु पर्छ ? तपाईलाई यति पनि थाहा रहनेछ । तपाई कहाँको पत्रकार ? कान्तिपुरले के लेखिराखेको छ ? कान्तिपुरले खाली टेरामक्सको वकालत गरिराखेको छ । म प्रतिप्रश्न सोध्न चाहन्छु–संसारभरी टेरामक्स लागू भएको छ । कलवाईपास गरेर गर्ने घोटालाको बारेमा सारा देशमा नियन्त्रण भएको छ । यो देशमा मात्रै किन नियन्त्रण भएको छैन ? तपाईहरुले लिडिङ रोल गरिरहनुभएको छ एनसेललाई ढाकछोप गर्नका लागि । उसको फण्डाबाज हो यो ? पहिला सुन्नुस तपाई । यो विषयमा सिआईबीले समेत यति पैसा घोटाला गरेको छ भनेर प्रतिवेदन पेश गरेको छ ‘।

‘नेपालमा हरेक वर्ष कोभिडको एक वर्ष बाहेक उसको ग्राहक बढिराखेको छ । आम्दानी घटिराखेको छ । हुुँदाहुँदा कसरी अन्तिम गएर नामसारी गरेको हो, त्यो पनि थाहा छ । तपाईहरु यसको पक्षमा वकालत गरेर बसिरहनुभएको छ । सुन्नुस्, राष्ट्रमा ठगी गर्ने कुरामा जुनबेलासम्म कलवाईबास गरेर खाने कुरामा राज्यले नियन्त्रण गर्दैन । म सञ्चारमन्त्री भएर आउँदा रुवेल चौधरीलगायत धेरै मान्छेलाई थुनेर कारबाही गरेको अवस्था थियो । र त्यसलाई नियन्त्रण गर्नुपर्छ, राजश्व उठाउनु पर्छ भनेर भन्ने कुरामा मैले आफ्नो कुरा अगाडि सारिदिएको हो । सहमती दिएको हो । अनि त्यसपछि आएर के कुरा प्रमाण पुर्‍याएर चाहीँ अगाडि बढाएको छ ? तपाईलाई नेपालको कानूनमा कसैलाई दोषी करार गर्नका लागि भनिदिएमात्रै पुग्छ कि हुनुपर्छ ? त्यसकारण भनिएको अवस्था हो । तपाई जहाँ गएपनि कान्तिपुरले अहिले सुन्नुस्न । दोषी देखियो भने राजीनामा गर्नुपर्छ । अरु कानूनी कारबाही भोग्नुपर्छ ।’

‘सजाय अदालतले तोक्ने हो, मलाई सोध्ने हो ? तपाईलाई यदि याद छ भने धनघढीमा पत्रकार सम्मेलन गरेर मैले आफ्ना कुरा सबै राखेको छु । मैले सबै कुरा भनिदिएको छु । त्यसैले एउटै कुरा दश पटक भन्नुपर्छ भन्ने जरुरी छैन । तपाईलाई पो न्युज छैन र कान्तिपुर, कान्तिपुर भन्या छ । बिहानदेखि बेलुकासम्म एनसेललाई संरक्षण गर्ने न्युज लेखेर बस्नुभएको छ तपाईहरु । वर्षको २० अर्वभन्दा बढि घोटाला गरेको छ भन्ने प्रमाणित भएको छ । अव त्यो घोटाला भएको के गर्दो हो त ? सिआईवीको रिपोर्टमा पनि अर्बौं घोटाला भएको देखाएको छ । अनि, संसारभरी सबै ठाउँमा नाफा हुने, नेपालमा मात्रै नोक्सान हुने । अनि यदि टेरामक्स चाहीँ यो कलबाईपास गरेर खानेहरुको बिरुद्धमा आएको नीति होइन भनेर उल्टयाउने हो भने यो नियन्त्रण गर्ने विधि चाहीँ के हो ? सुन्नुस्, म मन्त्री हुँ । मैले बोल्ने मौका पाउँदा म बोल्छु । सुन्नुस्, लामा गफ नगर्नुस् तपाईहरु । मैले यो विषयमा तपाईजस्तै ५५ जना पत्रकारको अगाडि बोलेको छु । घरघरमा आएर म कहाँ दिन्छु ? यसमा मेरो गल्ती छैन । मेरो गल्ती छैन । राष्ट्रको लागि लडेको हुँ । उजुरी हालेका छन् । कसले हाल्न लगाएको हो ? म त्यो पनि भनौला ।’

मन्त्री बस्नेतमाथि पनि सो घोटाला प्रकरण आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछ गरेको थियो । मन्त्री बस्नेतले सो प्रकरणमा आफू निर्दोष रहेको र प्रमाणित भए कारबाही भोग्न तयार रहेको बताउनु भयो ।