९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

नेपालमा ४० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला आवश्यक: अध्यक्ष नेम्वाङ

नेपालमा ४० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला आवश्यक: अध्यक्ष नेम्वाङ
अ अ+ अ-

काठमाडौँ । नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले २५ देखि ४० हजारसम्म दर्शक क्षमताको अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला बनाउन आवश्यक भएको बताउनुभएको छ ।

सोमवारको एन्फा साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रिय स्तरको २५ देखि ४० हजारसम्म दर्शकको रंगशाला नेपाली फुटबलको विकासका निम्ति आवश्यक भइसकेको बताउनुभएको हो । उहाँले काठमाडौंमा दशरथ रंगशाला र च्यासल रंगशाला भएपनि अबको फुटबल दर्शकको मागलाई धान्न नसक्ने बताउनु भयो । उहाँले फुटबलको लोकप्रियता बढ्दै गइरहेकाले अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले दशरथ रंगशालाले अबका दिनमा दर्शकको क्षमता धान्न नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौंमा दशरथ रंगशाला छ, च्यासल रंगशाला पनि छ । अहिलेसम्म धानिरहेको अवस्था छ । फुटबलको यस्तै लोकप्रियता बढ्दै गएको अवस्थामा अब हामीलाई दशरथ रंगशालाले मात्रै धान्नसक्ने अवस्था छैन । सदस्यसचिवलाई केही अनुरोध गर्न चाहन्छु । एउटा अन्तर्राष्ट्रिय स्तरको २५ देखि ४० हजारसम्म दर्शकको रंगशाला नेपाली फुटबलको विकासका निम्ति आवश्यक भइसकेको छ । यसमा ढिलो गर्दा नेपाली फुटबलको विकासमा अवरोध पुग्नेछ ।’

उहाँले अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन अब ढिलो गरे नेपाली फुटबलको विकासमा अवरोध पुग्ने दाबी गर्नुभयो ।