२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा ४० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला आवश्यक: अध्यक्ष नेम्वाङ



अ+ अ-

काठमाडौँ । नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले २५ देखि ४० हजारसम्म दर्शक क्षमताको अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला बनाउन आवश्यक भएको बताउनुभएको छ ।

सोमवारको एन्फा साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रिय स्तरको २५ देखि ४० हजारसम्म दर्शकको रंगशाला नेपाली फुटबलको विकासका निम्ति आवश्यक भइसकेको बताउनुभएको हो । उहाँले काठमाडौंमा दशरथ रंगशाला र च्यासल रंगशाला भएपनि अबको फुटबल दर्शकको मागलाई धान्न नसक्ने बताउनु भयो । उहाँले फुटबलको लोकप्रियता बढ्दै गइरहेकाले अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले दशरथ रंगशालाले अबका दिनमा दर्शकको क्षमता धान्न नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौंमा दशरथ रंगशाला छ, च्यासल रंगशाला पनि छ । अहिलेसम्म धानिरहेको अवस्था छ । फुटबलको यस्तै लोकप्रियता बढ्दै गएको अवस्थामा अब हामीलाई दशरथ रंगशालाले मात्रै धान्नसक्ने अवस्था छैन । सदस्यसचिवलाई केही अनुरोध गर्न चाहन्छु । एउटा अन्तर्राष्ट्रिय स्तरको २५ देखि ४० हजारसम्म दर्शकको रंगशाला नेपाली फुटबलको विकासका निम्ति आवश्यक भइसकेको छ । यसमा ढिलो गर्दा नेपाली फुटबलको विकासमा अवरोध पुग्नेछ ।’

उहाँले अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन अब ढिलो गरे नेपाली फुटबलको विकासमा अवरोध पुग्ने दाबी गर्नुभयो ।