५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरुष क्रिकेट खेलाडीको मासिक तलब १ लाख, ग्रेड पनि वर्गिकरण



file photo: can
अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट खेलाडीको पारिश्रमिक तोकेको छ । क्यानले खेलाडीहरुको वर्गिकरण गर्दै ग्रेडअनुसार पारिश्रमिक निर्धारण गरेको हो । क्यानको शनिबार र सोमबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको उल्लेख गरेको छ ।

पुरुष खेलाडीहरुलाई ग्रेड ए, ग्रेड बी, ग्रेड सी र ग्रेड डी गरी चार भागमा वर्गिकरण गरिएको छ । ग्रेडअनुसार ए ग्रेडका खेलाडीले मासिक १ लाख पारिश्रमिक पाउनेछन् । यस्तै, क्रमशः बी ग्रेडका खेलाडीलाई ७०, सी का लाई ५५ र डी ग्रेडका खेलाडीलाई ३५ हजार तलब निर्धारण गरिएको क्यानले जनाएको छ । यस्तै इमर्जिङ क्याटोगरिका खेलाडीलाई २५ हजार मासिक तलब निर्धारण गरिएको छ ।

महिलातर्फ ए ग्रेडका खेलाडीलाई ५० हजार, बी ग्रेडका खेलाडीलाई ३५, सी ग्रेडका लाई ३० तथा डी ग्रेडका महिला खेलाडीले २५ हजार तलब निर्धारण गरिएको छ । महिलातर्फका इमर्जिङ क्याटोगरिका खेलाडीलाई मासिक २० हजार तलब निर्धारण गरिएको छ ।

पुरुषतर्फ ग्रेड ए मा परेका खेलाडीः रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, आशिफ सेख र कुशल भुर्तेल
ग्रेड बीः कुशल मल्ल, गुलशन झा, भिम सार्की, ललित राजवंशी, आरिफ शेख र अविनाश बोहरा
ग्रेड सीः बिनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिस जी.सी.
ग्रेड डीः पवन सर्राफ, सागर ढकाल, अनिल शाह, विवेक कुमार यादव, आकाश चन्द, बसिर अहमद र सुर्य तामाङ
इमर्जिङ क्याटोगरिः दिपेश कँडेल (कोशी), रुपेस सिंह (मधेश), रिजन ढकाल (बागमती), बिपिन खत्री (गण्डकी), देव खनाल (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सूदुरपश्चिम) ।

महिलातर्फको ग्रेड एः इन्दु वर्मा, रुविना क्षेत्री, सीता राना मगर
ग्रेड बीः कविता कुँवर
ग्रेड सीः पुजा महतो, अश्मिना कर्माचार्य
ग्रेड डीः अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र बिन्दु रावल
ईमर्जिङ क्याटोगरिः सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कञ्चन श्रेष्ठ, रुबि पोदार, सृस्टि जैसी, सम्झना कुमारी खड्का र सना प्रविन