१ पुष २०८२, मंगलवार
,
Latest
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी रुखबाट लडेर युवकको मृत्यु प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्छः प्रदीप पौडेल एमालेको ११ औं राष्ट्रिय महाधिवेशनः चौथो दिन कार्यकर्ताको उत्साहपूर्ण चहलपहल राजश्वले कुनै लक्ष्य भेटेन इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने भएः प्रदीप पौडेल ‘नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार–२०२५’ सम्पन्न, कोरीयाली लगानी र प्रविधिबारे चासो डिजिटल युगमा प्रविधिले न्यायलाई सहयोग गर्नुपर्छ, प्रतिस्थापन होइनः न्यायाधीश सुवेदी राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा, राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरुष क्रिकेट खेलाडीको मासिक तलब १ लाख, ग्रेड पनि वर्गिकरण



file photo: can
अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट खेलाडीको पारिश्रमिक तोकेको छ । क्यानले खेलाडीहरुको वर्गिकरण गर्दै ग्रेडअनुसार पारिश्रमिक निर्धारण गरेको हो । क्यानको शनिबार र सोमबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको उल्लेख गरेको छ ।

पुरुष खेलाडीहरुलाई ग्रेड ए, ग्रेड बी, ग्रेड सी र ग्रेड डी गरी चार भागमा वर्गिकरण गरिएको छ । ग्रेडअनुसार ए ग्रेडका खेलाडीले मासिक १ लाख पारिश्रमिक पाउनेछन् । यस्तै, क्रमशः बी ग्रेडका खेलाडीलाई ७०, सी का लाई ५५ र डी ग्रेडका खेलाडीलाई ३५ हजार तलब निर्धारण गरिएको क्यानले जनाएको छ । यस्तै इमर्जिङ क्याटोगरिका खेलाडीलाई २५ हजार मासिक तलब निर्धारण गरिएको छ ।

महिलातर्फ ए ग्रेडका खेलाडीलाई ५० हजार, बी ग्रेडका खेलाडीलाई ३५, सी ग्रेडका लाई ३० तथा डी ग्रेडका महिला खेलाडीले २५ हजार तलब निर्धारण गरिएको छ । महिलातर्फका इमर्जिङ क्याटोगरिका खेलाडीलाई मासिक २० हजार तलब निर्धारण गरिएको छ ।

पुरुषतर्फ ग्रेड ए मा परेका खेलाडीः रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, आशिफ सेख र कुशल भुर्तेल
ग्रेड बीः कुशल मल्ल, गुलशन झा, भिम सार्की, ललित राजवंशी, आरिफ शेख र अविनाश बोहरा
ग्रेड सीः बिनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिस जी.सी.
ग्रेड डीः पवन सर्राफ, सागर ढकाल, अनिल शाह, विवेक कुमार यादव, आकाश चन्द, बसिर अहमद र सुर्य तामाङ
इमर्जिङ क्याटोगरिः दिपेश कँडेल (कोशी), रुपेस सिंह (मधेश), रिजन ढकाल (बागमती), बिपिन खत्री (गण्डकी), देव खनाल (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सूदुरपश्चिम) ।

महिलातर्फको ग्रेड एः इन्दु वर्मा, रुविना क्षेत्री, सीता राना मगर
ग्रेड बीः कविता कुँवर
ग्रेड सीः पुजा महतो, अश्मिना कर्माचार्य
ग्रेड डीः अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र बिन्दु रावल
ईमर्जिङ क्याटोगरिः सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कञ्चन श्रेष्ठ, रुबि पोदार, सृस्टि जैसी, सम्झना कुमारी खड्का र सना प्रविन