९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

भारतले इंग्ल्याण्डविरुद्धको राँची टेस्ट ५ विकेटले जित्यो, सिरिजमा कब्जा

भारतले इंग्ल्याण्डविरुद्धको राँची टेस्ट ५ विकेटले जित्यो, सिरिजमा कब्जा
अ अ+ अ-

एजेन्सी । राँची टेस्टमा भारतले इंग्ल्याण्डलाई ५ विकेटले पराजित गरेको छ । सोमबार चौथो दिन भारतले ५ विकेट गुमाएर १९२ रनको लक्ष्य पुरा गरेको हो । यो जितसँगै भारतले सिरिजमा ३–१ को अग्रता लिएको छ अर्थात् पाँच खेलको सिरिज पनि जितेको छ ।

टम हार्टलीको बलमा ध्रुव जुरेलले दुई रन बनाएर भारतलाई जित दिलाए । भारतका लागि कप्तान रोहित शर्मा (५५) र शुभमन गिल (५२ नटआउट) ले दोस्रो इनिङ्समा अर्धशतक बनाए ।

उनीबाहेक ध्रुव जुरेलले अविजित ३९ रनको इनिङ्स खेले । गिल र जुरेलबीच अविजित ७२ रनको साझेदारी थियो । इंग्ल्याण्डका लागि शोएब बसिरले सर्वाधिक ३ विकेट लिए । टम हार्टले र जो रुटले १–१ विकेट लिए ।

भारतले चौथो दिन आफ्नो दोस्रो इनिङ्स ४०र० को स्कोरमा अघि बढाएको थियो । यसअघि तेस्रो दिनको तेस्रो सत्रमा इंग्लिस टोली दोस्रो इनिङ्समा १४५ रनमा अलआउट भएको थियो ।

पहिलो इनिङ्समा इंग्ल्याण्डको ४६ रनको अग्रताका आधारमा भारतले १९२ रनको लक्ष्य पाएको थियो । पहिलो इनिङ्समा इंग्ल्याण्डको टोली ३५३ रनमा अलआउट भएको थियो भने भारतीय टोली ३ सय ७ रनमा अलआउट भएको थियो ।