२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मोदीबेनी’का अमर र वर्षा, कस्तो होला अन-स्क्रिन केमेस्ट्री ?



अ+ अ-

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठ चलचित्र ‘मोदीबेनी’ छायाङ्कनको दोस्रो तालिकामा फागुन १६ गते पर्वतको चित्रे तर्फ जाँदैछन् । करिब पैँतिस-चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो चलचित्रले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्नेछ ।

चलचित्रमा रहने हालको कथामा अमर र वर्षा प्रमुख भूमिकामा छन् । छायाङ्कनमा नव अभिनेतासँग जोडिन लागेकी वर्षाले अमरमा एक कलाकारमा हुनुपर्ने सबै गुण देखेको बताउँछिन् । “कार्यशालामा अमरको काम हेर्दा एकदम मेहनती कलाकारको रूपमा देखेकी छु । एक कलाकारमा हुनुपर्ने सबै गुण देखेकी छु”, वर्षाले भनिन् । अमरको पहिलो चलचित्र भएता पनि यसको कार्यशालामा बोण्डिङ भइसकेको बताउँदै उनले छायाङ्कनको समयमा नयाँजस्तो महसुस नहुने विश्वास लिइन् । वर्षाले नयाँ मेकर र नयाँ कलाकारसँग काम गर्दा सिकाउने र सिक्ने अवसर पाइने अनुभव राखिन् ।

नव अभिनेता अमरले आफ्नो मन पर्ने अभिनेत्री नै आफ्नो को-एक्टर बनेकोमा खुसी छन् । “वर्षा जी मलाई एकदमै मन पर्ने अभिनेत्री हुनुहुन्छ । आफ्नो फेवरेटसँगको कामबाट डेब्यु गर्न पाउनु मेरो लागि अहोभाग्य हो । उहाँ मेरो को-एक्टर मात्र नभएर मेरो सिनियर पनि हो । वर्षा र मेरो अन-स्क्रिन केमेस्ट्री जम्छ भन्नेमा विश्वास छ”, उत्साहित मुद्रामा अमरले भने, “सँगै थोरै डर पनि लागिरहेको छ । यस चलचित्रका सबै कलाकारहरू प्रोफेसनल हुनुहुन्छ । उहाँहरूसँग काम गर्न पाउँदाको खुसी त छँदै छ, मैले अभिनय गर्ने पात्रबाट निर्देशकको सोचलाई पुरा गर्ने चुनौती रहेको छ । मेरो तर्फबाट भरपुर कोसिसमा छु । कहीँ कतै कमजोरी नहोस् भनेर चलचित्रको सबै कार्यशाला र तालिममा सहभागी भएको छु ।”

झण्डै तीन वर्षको अन्तरालपछि फिचर चलचित्रको प्रमुख भूमिकामा अभिनयको लागि छायाङ्कनमा जान लागेकी अभिनेत्री वर्षाले यो चलचित्रको विषय उत्साहपूर्ण र नयाँ रहेकोले पर्वतमा पुगेर अभिनय गर्न उत्साहित रहेको बताइन् ।

शङ्कर कोइरालाले निर्देशन गर्ने यस चलचित्रमा अमर र वर्षाका अलावा सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो चलचित्रलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन् । चलचित्रमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् । यसमा उत्सव दाहालको डिओपी, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहनेछ ।




भर्खरै