२ पुष २०८२, बुधबार
,
Latest
खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मोदीबेनी’का अमर र वर्षा, कस्तो होला अन-स्क्रिन केमेस्ट्री ?



अ+ अ-

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठ चलचित्र ‘मोदीबेनी’ छायाङ्कनको दोस्रो तालिकामा फागुन १६ गते पर्वतको चित्रे तर्फ जाँदैछन् । करिब पैँतिस-चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो चलचित्रले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्नेछ ।

चलचित्रमा रहने हालको कथामा अमर र वर्षा प्रमुख भूमिकामा छन् । छायाङ्कनमा नव अभिनेतासँग जोडिन लागेकी वर्षाले अमरमा एक कलाकारमा हुनुपर्ने सबै गुण देखेको बताउँछिन् । “कार्यशालामा अमरको काम हेर्दा एकदम मेहनती कलाकारको रूपमा देखेकी छु । एक कलाकारमा हुनुपर्ने सबै गुण देखेकी छु”, वर्षाले भनिन् । अमरको पहिलो चलचित्र भएता पनि यसको कार्यशालामा बोण्डिङ भइसकेको बताउँदै उनले छायाङ्कनको समयमा नयाँजस्तो महसुस नहुने विश्वास लिइन् । वर्षाले नयाँ मेकर र नयाँ कलाकारसँग काम गर्दा सिकाउने र सिक्ने अवसर पाइने अनुभव राखिन् ।

नव अभिनेता अमरले आफ्नो मन पर्ने अभिनेत्री नै आफ्नो को-एक्टर बनेकोमा खुसी छन् । “वर्षा जी मलाई एकदमै मन पर्ने अभिनेत्री हुनुहुन्छ । आफ्नो फेवरेटसँगको कामबाट डेब्यु गर्न पाउनु मेरो लागि अहोभाग्य हो । उहाँ मेरो को-एक्टर मात्र नभएर मेरो सिनियर पनि हो । वर्षा र मेरो अन-स्क्रिन केमेस्ट्री जम्छ भन्नेमा विश्वास छ”, उत्साहित मुद्रामा अमरले भने, “सँगै थोरै डर पनि लागिरहेको छ । यस चलचित्रका सबै कलाकारहरू प्रोफेसनल हुनुहुन्छ । उहाँहरूसँग काम गर्न पाउँदाको खुसी त छँदै छ, मैले अभिनय गर्ने पात्रबाट निर्देशकको सोचलाई पुरा गर्ने चुनौती रहेको छ । मेरो तर्फबाट भरपुर कोसिसमा छु । कहीँ कतै कमजोरी नहोस् भनेर चलचित्रको सबै कार्यशाला र तालिममा सहभागी भएको छु ।”

झण्डै तीन वर्षको अन्तरालपछि फिचर चलचित्रको प्रमुख भूमिकामा अभिनयको लागि छायाङ्कनमा जान लागेकी अभिनेत्री वर्षाले यो चलचित्रको विषय उत्साहपूर्ण र नयाँ रहेकोले पर्वतमा पुगेर अभिनय गर्न उत्साहित रहेको बताइन् ।

शङ्कर कोइरालाले निर्देशन गर्ने यस चलचित्रमा अमर र वर्षाका अलावा सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो चलचित्रलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन् । चलचित्रमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् । यसमा उत्सव दाहालको डिओपी, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहनेछ ।