१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिकोणात्मक टी–२० श्रृंखला भोलिदेखि: नेपाल र नामिबिया खेल्दै



अ+ अ-

काठमाडौँ । नेपालले अब टी–२० ढाँचामा त्रिकोणात्मक टी–२० श्रृंखला खेल्दैछ । आईसीसी विश्वकप लिग–२ प्रतियोगिता खेल्न आएका दुई टोली नामिबिया र नेदरल्यान्ड्ससँग नेपालले टी–२० शृंखला खेल्न लागेको हो ।

टी–२० शृंखला मंगलबारदेखि किर्तीपुरस्थित टियू मैदानमा सुरु हुदैछ । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुन लागेको आईसीसी टी–२० विश्वकपको तयारी स्वरुप यो सिरिज खेल्न लागेको हो । टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नामिबिया भने विश्वकपको समूह ‘बी’ मा रहेको छ । त्यो समूहमा नामिबियासँगै इङ्ल्यान्ड, अस्ट्रेलिया, स्कटल्यान्ड र ओमान रहेका छन् ।

त्रिकोणात्मक टी–२० शृंखलाको पहिलो चरणमा तीनवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । पहिलो खेल मंगलबार नेपाल र नामिबियाबिच हुनेछ भने दोस्रो खेलमा बुधबार नेपाल र नेदरल्यान्ड्स खेल्नेछन् ।

फेब्रुअरी २९ मा नामिबिया र नेदरल्यान्ड्स, मार्च १ मा नेपाल र नामिबिया, मार्च २ मा नेपाल र नेदरल्यान्ड्स र मार्च ३ मा नामिबिया र नेदरल्यान्ड्स भिड्नेछन् ।

प्रतियोगितामा अंक तालिकाको शिर्ष स्थानमा रहेका दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल मार्च ५ तारिखमा हुनेछ ।

त्रिकोणात्मक शृंखलाका लागि क्यानले मंगलबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरिसकेको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान) आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, गुल्सन झा, अनिल शाह, सन्दीप जोरा, प्रतिश जीसी, विनोद भण्डारी, विवेक यादव, रसिद खान, सागर ढकाल, आरिफ शेख र अभिनाश बोहरा रहेका छन् ।