२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले चार विकेट गुमायो, आउट भए कप्तान पौडेल



अ+ अ-

काठमाडौँ । आईसीसी विश्व कप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स विरुद्ध नेपालले चार विकेट गुमाएको छ ।

नेपालले चौथो विकेटमा कप्तान रोहित पौडेललाई गुमाएको हो । उनी २४ औ ओभरको तेस्रो बलमा १६ रन बनाउदै आर्यन दत्तको बलमा क्याच आउट भए ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा नेदरल्यान्ड्ससँग टस हारेर ब्याटिङ गरिरहेको नेपालले ताजा स्थितीमा २५ ओभरमा ४ विकेट गुमाएर ८७ रन बनाएको छ । अहिले क्रिजमा कुशल भुर्तेल ४१ र दिपेन्द्र सिंह ऐरी रहेका छन् ।

यसअघि नेपालले पहिलो विकेटका रूपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । उनी २७ बलमा एक छक्का र दुई चौका हिर्काउदै १७ रन बनाउँदै आउट भएका थिए ।

दोस्रो विकेटमा सात रन बनाउँदै अनिल शाह आउट भएका थिए । त्यसपछि तेस्रो विकेटमा कुशल मल्ल आउट भएका थिए । उनी १३औँ ओभरको अन्तिम बलमा २ रन बनाएर पेभेलियन फर्किएका थिए ।