४ पुष २०८२, शुक्रबार
,
Latest
तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले चार विकेट गुमायो, आउट भए कप्तान पौडेल



अ+ अ-

काठमाडौँ । आईसीसी विश्व कप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स विरुद्ध नेपालले चार विकेट गुमाएको छ ।

नेपालले चौथो विकेटमा कप्तान रोहित पौडेललाई गुमाएको हो । उनी २४ औ ओभरको तेस्रो बलमा १६ रन बनाउदै आर्यन दत्तको बलमा क्याच आउट भए ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा नेदरल्यान्ड्ससँग टस हारेर ब्याटिङ गरिरहेको नेपालले ताजा स्थितीमा २५ ओभरमा ४ विकेट गुमाएर ८७ रन बनाएको छ । अहिले क्रिजमा कुशल भुर्तेल ४१ र दिपेन्द्र सिंह ऐरी रहेका छन् ।

यसअघि नेपालले पहिलो विकेटका रूपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । उनी २७ बलमा एक छक्का र दुई चौका हिर्काउदै १७ रन बनाउँदै आउट भएका थिए ।

दोस्रो विकेटमा सात रन बनाउँदै अनिल शाह आउट भएका थिए । त्यसपछि तेस्रो विकेटमा कुशल मल्ल आउट भएका थिए । उनी १३औँ ओभरको अन्तिम बलमा २ रन बनाएर पेभेलियन फर्किएका थिए ।