१९ मंसिर २०८२, शुक्रबार
,
Latest
लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुलहमसँग हार्यो म्यान्चेस्टर युनाइटेड



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड पराजित भएको छ । गएराति भएको खेलमा युनाइटेड आफ्नै घरेलु मैदान वल्र्ड ट्राफोर्डमा फुलहमसँग १–२ गोलले पराजय बेहोरेको हो ।

खेलको ६५ औं मिनेटमा काल्भिन बस्सीले गोल गर्दै फुलहमलाई सुरुवाती अग्रता दिलाएका थिए । ८९ औं मिनेटमा ह्यारी म्याग्वेरले गोल गर्दै युनाइटेडलाई १–१ गोलको बराबरीमा ल्याए ।

खेल सकिनै लाग्दा इन्जुरी समयमा (९०+७ औं मिनेटमा) एलेक्स इओबीले गोल गर्दै फुलहमलाई जित दिलाए । २६ खेलबाट ४४ अंकसहित युनाइटेड तालिकाको छैटौं स्थानमा छ । फुलहम ३२ अंकका साथ १२ औं स्थानमा छ ।