७ श्रावण २०८३, बिहीबार
,
Latest
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो बाँडिएका विपी, हेपिएका पुष्पलाल देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु त्रिभूवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा (तस्बिरहरु) देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत… ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल आन्तरिक विवादमा जेलिएको काँग्रेस फुटको डिलमाः सभापति थापाको लचकता बिना एकता कठिन लागुऔषधसहित चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप–लिग २: नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल कीर्तिपुरस्थित टियु मैदानमा बिहान ९ः३० बजे सुरु हुनेछ ।

यसअघिको खेलमा नेपालले नेदरल्यान्ड्समाथि सहज जित(९ विकेट) निकालेको थियो । आजको खेलमा पनि नेपाल उक्त नतिजालाई निरन्तरता दिन चाहन्छ । यता, नेदरल्यान्ड्स भने नेपाललाई बदला लिने रणनीतिका साथ मैदान उत्रनेछ ।

लिगमा २४ त्रिदेशीय शृङ्खलाअन्तर्गत पहिलो शृङ्खला नेपालमा भएको हो । आगामी सन् २०२७ सम्म चल्ने उक्त लिग–२ मा नेपालसहित आठ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा भएको हो ।

चार खेलमा ३ जितसहित ६ अंक जोडेको नामिबिया अंकतालिकाको शीर्षस्थानमा छ । समान ३–३ खेलमा १–१ जित निकालेका नेपाल र नेदरल्यान्ड्स २–२ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् । नेपाल रनरेटले नेदरल्यान्ड्सभन्दा अगाडी रहेको छ ।

 




भर्खरै