१९ आश्विन २०८१, शनिबार
,
Latest
‘सिन्धुपाल्चोकका विपद् प्रभावित अन्य पालिकालाई पनि सङ्कटग्रस्त सूचीमा समावेश गरौँ’ नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय अध्यक्ष ढकाललाई पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मान एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीलाई ‘दसैँ आइसक्यो, न बस्ने, न त खानाको जोहो भएको छ’ भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो लिभरपुल विजयी गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप–लिग २: नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल कीर्तिपुरस्थित टियु मैदानमा बिहान ९ः३० बजे सुरु हुनेछ ।

यसअघिको खेलमा नेपालले नेदरल्यान्ड्समाथि सहज जित(९ विकेट) निकालेको थियो । आजको खेलमा पनि नेपाल उक्त नतिजालाई निरन्तरता दिन चाहन्छ । यता, नेदरल्यान्ड्स भने नेपाललाई बदला लिने रणनीतिका साथ मैदान उत्रनेछ ।

लिगमा २४ त्रिदेशीय शृङ्खलाअन्तर्गत पहिलो शृङ्खला नेपालमा भएको हो । आगामी सन् २०२७ सम्म चल्ने उक्त लिग–२ मा नेपालसहित आठ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा भएको हो ।

चार खेलमा ३ जितसहित ६ अंक जोडेको नामिबिया अंकतालिकाको शीर्षस्थानमा छ । समान ३–३ खेलमा १–१ जित निकालेका नेपाल र नेदरल्यान्ड्स २–२ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् । नेपाल रनरेटले नेदरल्यान्ड्सभन्दा अगाडी रहेको छ ।