७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसले मारेर गाडेको थियो यो बाघ ?



अ+ अ-

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा एउटा बाघ मारेर जमिनमा गाडेको अवस्थामा फेला परेको छ ।

मध्यविन्दु नगरपालिका–१५ स्थित नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मृत फेला परेको चोरमारा रेञ्ज पोष्टका वन अधिकृत दुर्गादत्त कंडेलले जानकारी दिनुभयो ।

“रोयल बेङ्गल टाइगर प्रजातिको भाले वयस्क पाटे बाघ गाडेको अवस्थामा पूर्वपश्चिम राजमार्गदेखि पाँच सय मिटर दक्षिण जङ्गलमा भेटिएको हो”, उहाँले भन्नुभयो, “स्थानीयले बाघ गाडेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।”

यसअघि यही फागुन ४ गते मध्यविन्दु नगरपालिका–१० अरुणखोला जङ्गल क्षेत्रमा भाले प्रजातिको पाटे बाघ मृत अवस्थामा फेला परेको थियो । आठ दिनको अन्तरमा सोही जङ्गल क्षेत्रमा अर्को पाटे बाघ मृत फेला परेको हो । रासस