६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्वेबारे रोचक तथ्यहरु, जहाँ रात हुँदैन !



अ+ अ-

एजेन्सी । आज हामी चर्चा गर्दैछौं युरोपको सुन्दर राष्ट्र नर्वेको बारेमा । यस देशलाई ‘प्लेस अफ प्याराडाइस’ पनि भन्ने गरिन्छ ।

प्राकृतिक सम्पदाले भरिपूर्ण यस देशमा घुम्नका लागि लाखौं पर्यटकहरु वर्षेनी आउने गर्छन् । यस देशमा केही यस्ता ठाउँहरु पनि रहेका छन् जहाँ सुर्य अस्ताउँदैन । सन् १९०० मा यो देश स्विडेन र डेनमार्कको स्वामित्वमा रहेको थियो ।

तर सन् १९०५ मा यो राष्ट्र स्विडेन र डेनमार्कबाट अलग भएर एक स्वतन्त्र राष्ट बन्यो । क्षेत्रफलको हिसाबमा नर्वे विश्वमा ६७ औं नम्बरमा आउँछ भने जनसंख्याको हिसाबले नर्वे १२० औं ठूलो राष्ट्र हो ।

नर्वेको ४८ प्रतिशत भुभाग जंगलले घेरिएको छ । जहाँ पुरा विश्व जलवायु परिवर्तनको चिन्तामा रहेको छ तर नर्वेलाई भने जलवायु परिवर्तनको कुनै चिन्ता रहेको छैन । नर्वे धनी राष्ट्रमध्ये छैटौं स्थानमा पर्दछ । यस देशको सबै शिक्षाहरु निशुल्क रहेका छन् ।

नर्वेमा मे महिनादेखि जुलाईसम्म सुर्य रातमा पनि देखिन्छ । यहाँ सुर्य पूर्णरुपमा अस्ताउँदैन । दिन होस् या रात यहाँ उज्यालो हुन्छ । यसै घटनालाई नियाल्न लाखौं पर्यटकहरु नर्वे पुग्दछन् ।

यस देशमा ठूला झरनाहरु पनि रहेका छन् । विश्वको सबैभन्दा लामो सुरुङ (२४ किलोमिटर) पनि यसै देशमा रहेको छ ।