९ भाद्र २०८३, मंगलवार
,
Latest
नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार नेप्से परिसूचक २१.१६ अंकले ओरालो, सर्वाधिक शेयर कारोबार गर्नेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक



अ+ अ-

काठमाडौं । मंगलबार नेप्से परिसूचक २१.१६ अंकले घटेर २ हजार ६०० विन्दुमा पुगेको छ । यस दिन २ हजार ६२७.३४ विन्दुदेखि खुलेको बजार २ हजार ५१९.४२ विन्दुसम्म झरेर फेरी उकालो लागेर बन्द भएको हो । 

शेयर कारोबारका ठुला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २.४१ अंकले घटेको छ । नेप्से परिसूचक ओरालो लागेपनि बजारमा कारोबार रकमको उच्चता भने कायमै रहेको छ ।

मंगलबार पनि रू. ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार बराबरको शेयर कारोबार भएको छ । उक्त रकम बराबरको १ करोड ७७ लाख १४ हजार ९१२ कित्ता शेयर कारोबार भएको हो । यो दिन २०५ वटा कम्पनीको ८३ हजार ३५७ पटकको कारोबारमा उल्लेखित शेयर कारोबार भएको हो । 

कारोबारको ७ औं दिनसम्म उच्च मूल्य वृद्धि भएको उक्त कम्पनीको ८ औं दिन मंगलबार भने मूल्यमा उच्च गिरावट आएको हो । यो दिन कम्पनीको शेयरमा उच्च विक्री चाप देखिएपछि मूल्यमा असर परेको हो । सोमवार रू. ६६० कायम भएको कम्पनीको अन्तिम मूल्य मंगलबार प्रतिकित्ता रू.६६ ले घटेर अन्तिम मूल्य रू. ५९४ मा झरेको छ ।

यसदिन व्यापारिक समूह बाहेकका सबै परिसूचक घटेको छ । व्यापारिक समूहको भने ०.९ प्रतिशतले परिसूचक बढेको हो । यो दिन नेपाल फाइनान्स, अपि पावर, लिवर्टी इनर्जी कम्पनी र हिमालयन पावर पार्टनरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

यसदिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । यो दिन कम्पनीको रू. ७३ करोड ९४ लाख ५२ हजार बराबरको शेयर कारोबार भएको छ । सर्वाधिक रकमको शेयर कारोबार भएको यो दिन कम्पनीको शेयरमूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ ।