• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

अरुको खुट्टा तान्ने काममा धेरै व्यस्त भयौँ भने मुलुक बन्दैनः मन्त्री राई



file photo

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक रहेको बताउनुभएको छ । शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अरुको खुट्टा तान्ने काममा धेरै व्यस्त भएर मुलुक सम्पन्न नबन्ने बताउनु भयो । उहाँले सरकारमा बसेका मन्त्रीहरुको सोचले मात्रै देश परिवर्तन गर्न सम्भव नहुने भन्दै राष्ट्रको सोचलाई उत्पादनमुखी, उद्योगमुखी र श्रममुखी दिशामा लैजान आवश्यक रहेको बताउनु भयो ।

उहाँले निर्यात गर्न नसके पनि नेपालले आयात मात्रै प्रतिष्थापन गरे पनि सपन्नताको सुनिश्चितता हुने दाबी गर्नुभयो । उहाँले मुलुक २५ जना मन्त्री र ५÷७ वटा राजनीतिक दलहरुले मात्रै बनाएर नबन्ने भन्दै तीन करोड नेपालीका ६ करोड हातहरु संयमित रुपमा क्रियाशिल हुनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले निर्यात गर्न नसकौँला तर आयात मात्रै प्रतिष्थापन ग¥यौं भनेपनि हाम्रो सम्पन्नताको ग्यारेन्टी हुन्छ । त्यसतर्फ हामी सबैले सोच्नुपर्छ । यो खालि सरकारमा बसेका दुई चार जना मन्त्रीले मात्रै सोचेर हुनेकुरा होइन । राष्ट्रको सोचलाई नै उत्पादनमुखी दिशामा लैजानुपर्छ । उद्योगमुखी दिशामा लैजानुपर्छ ।

श्रममुखी दिशामा लैजानुपर्छ । अरुको खुट्टा तान्ने काममा धेरै व्यस्त भयौँ भने मुलुक बन्दैन । मुलुक २५ जना मन्त्रीले मात्रै बनाएर बन्ने होइन । यो ५÷७ वटा पार्टीले मात्रै बनाएर बन्ने होइन, तीन करोड नेपालीका ६ करोड हातहरु संयमित रुपमा क्रियाशिल हुनुपर्छ ।’

मन्त्री राईले सबैको सेच एउटै दिशामा अघि बढे देश विकास हुन समय नलाग्ने बताउनु भयो ।