१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार नेप्से परिसूचक २१.१६ अंकले ओरालो, सर्वाधिक शेयर कारोबार गर्नेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक



अ+ अ-

काठमाडौं । मंगलबार नेप्से परिसूचक २१.१६ अंकले घटेर २ हजार ६०० विन्दुमा पुगेको छ । यस दिन २ हजार ६२७.३४ विन्दुदेखि खुलेको बजार २ हजार ५१९.४२ विन्दुसम्म झरेर फेरी उकालो लागेर बन्द भएको हो । 

शेयर कारोबारका ठुला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २.४१ अंकले घटेको छ । नेप्से परिसूचक ओरालो लागेपनि बजारमा कारोबार रकमको उच्चता भने कायमै रहेको छ ।

मंगलबार पनि रू. ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार बराबरको शेयर कारोबार भएको छ । उक्त रकम बराबरको १ करोड ७७ लाख १४ हजार ९१२ कित्ता शेयर कारोबार भएको हो । यो दिन २०५ वटा कम्पनीको ८३ हजार ३५७ पटकको कारोबारमा उल्लेखित शेयर कारोबार भएको हो । 

कारोबारको ७ औं दिनसम्म उच्च मूल्य वृद्धि भएको उक्त कम्पनीको ८ औं दिन मंगलबार भने मूल्यमा उच्च गिरावट आएको हो । यो दिन कम्पनीको शेयरमा उच्च विक्री चाप देखिएपछि मूल्यमा असर परेको हो । सोमवार रू. ६६० कायम भएको कम्पनीको अन्तिम मूल्य मंगलबार प्रतिकित्ता रू.६६ ले घटेर अन्तिम मूल्य रू. ५९४ मा झरेको छ ।

यसदिन व्यापारिक समूह बाहेकका सबै परिसूचक घटेको छ । व्यापारिक समूहको भने ०.९ प्रतिशतले परिसूचक बढेको हो । यो दिन नेपाल फाइनान्स, अपि पावर, लिवर्टी इनर्जी कम्पनी र हिमालयन पावर पार्टनरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

यसदिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । यो दिन कम्पनीको रू. ७३ करोड ९४ लाख ५२ हजार बराबरको शेयर कारोबार भएको छ । सर्वाधिक रकमको शेयर कारोबार भएको यो दिन कम्पनीको शेयरमूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ ।