• १० असार २०८१, सोमबार
  •      Mon Jun 24 2024
  •   Unicode
Logo
Latest
★   ऊर्जामन्त्री बस्नेत समक्ष विद्युत् नियमन आयोगका अध्यक्षको शपथ ★   निर्मला पन्तको हत्याबारे गृहमन्त्री: नतिजाउन्मुख छौँ ★   प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट ★   काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड ★   अपाङ्गताले छेकेन पार्वतीको उद्यमी बन्ने रहर ★   अयोध्यामा राम मन्दिर बनाउन नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्छ: वामदेव गौतम ★   भारत र अष्ट्रेलियाको खेलअघि सेन्ट लुसियामा भीषण वर्षा ★   नेपालको अलैंचीलाई विश्व बजारमा निर्यात गर्न कुटनीतिक पहल गर्नुपर्छ: सभामुख घिमिरे ★   नेपाली अलैंची विश्व बजारमा निर्यात गर्न सरकारले पहल गरिरहेको छ: कृषिमन्त्री साह ★   ‘मुन्ज्या’ले १०० करोड कमायो

महेश त्रिपाठी अभिनित चलचित्र ‘खजुरे ब्रो’ को फस्टलुक पोस्टर सार्वजनिक



काठमाडौँ । महेश त्रिपाठी अभिनित चलचित्र ‘खजुरे ब्रो’ को फस्टलुक्स पोस्टर सार्वजनिक भएको छ । आगामी नयाँ वर्षको वैशाख २८ गते रिलिज मिति तोक्दै चलचित्र ‘खजुरे ब्रो’को फस्टलुक्स पोस्टर सार्वजनिक गरीएको हो । चलचित्रका मुख्य कलाकार महेश त्रिपाठीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोस्टर पोस्ट गर्दै आफू फिल्मलाई लिएर उत्साहित भएको बताएका छन् ।

दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘खजुरे ब्रो’को सुटिङ एकहप्ता अघि मात्रै धरानमा सकिएको थियो ।

नविन मानन्धर र सुरज सुनुवार निर्माता रहेको चलचित्रका लेखक तथा निर्देशन सुरज सुनुवार हुन् । चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिशंखेको छायांकन रहेको चलचित्रमा अनमोल गुरुङको संगीत, सोनाली शिल्पकारको मेकअप रहेको छ ।

चलचित्रको सह–निर्माता अनिल मानन्धर र पिकेश मानन्धर हुन् । चलचित्रमा इन एसोसियसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज रहेको छ । लाइट कमेडीमा आधारित रहेर यो चलचित्रलाई निर्माण गरिएको छ ।

वैशाख महिनामा प्रदर्शन गरिने यो चलचित्रमा महेश त्रिपाठीसँगै रेयर राई, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, विनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको अभिनय छ । यो चलचित्रमा दार्जिलिङका कलाकार शान्तिला तामाङको पनि अभिनय रहेको छ भने धरानका मेयर हर्क साम्पाङले अतिथि कलाकारको भूमिकामा रहेका छन् ।