९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

नेपाल अहिले भूराजनीतिको जटिल अवस्थामा छः उपाध्यक्ष सापकोटा

नेपाल अहिले भूराजनीतिको जटिल अवस्थामा छः उपाध्यक्ष सापकोटा
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेपाल अहिले भूराजनीतिको जटिल अवस्थामा रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाललाई नेपालीहरुले नै रक्षा गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालीहरुलाई राजनीतिक दलहरुले बाटो देखाउनुपर्ने बताउनु भयो । उहाँले राजनीतिक दलहरुले बाटो देखाउन नसके दलहरु सकिने दिन आउने बताउनु भयो । उहाँले नेपाली जनतालाई ठिक ढंगले बाटो देखाउने हो भने धर्तीको कुनै तागतले नेपालीलाई हानी पुयाउन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल वास्तवमा अहिले जियोपोलिटिक्स सिच्वेशनका कारणले गम्भीर र जटिल पेचिलो अवस्थामा गएको छ । यो नेपाल नेपालीहरुको हो । नेपाललाई रक्षा नेपालीहरुले गर्दछन् । त्यसमा बाटो देखाउने काम राजनीतिक पार्टीहरुको हो । राजनीतिक पार्टीले इतिहासको यो आवाजलाई बुझ्न सकेनन् भने उनीहरु पनि पछि पर्दछन् । मान्छेहरु भन्छन् नि, यो सधैँ स्वतन्त्र भइरहेको छ । एकदिन त्यस्तो बिन्दु आउन सक्छ । जुन दिन सदाका लागि हामी सिद्धिने दिन आउँछ । तर नेपाली जनतालाई ठिक ढंगले गाइड गर्ने हो भने धर्तीको कुनै तागतले हामीलाई सिध्याउन सक्दैनन् । आवश्यकता हामी जनतामा भर पर्नुपर्छ । आत्मनिर्भर हुनुपर्छ ।’

उपाध्यक्ष सापकोटाले राजनीतिमा अस्वस्थ प्रतिष्पर्धा र प्रियतावाद बढिरहेको बताउनु भयो । उहाँले कतिपय प्रियतावादीहरुलाई राजनीति चटकबाजी लागिरहेको बताउनु भयो ।