• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   ‘वुल्फ म्यान’को नाम गिनिज बुकमा दर्ता, अनुहार र शरीरको ९८ प्रतिशत भाग कपालले ढाकियो ★   काठमाडौँको वायु अझै अस्वस्थ ★   जापानी विदेशमन्त्री खामिखावा नेपालमा ★   म्याक्सवेलमाथि भारतीय क्रिकेटरको आरोप – आईपीएल इतिहासमा सबैभन्दा ‘अहंकारी’ खेलाडी ★   घरको छतमा टावर राख्ने कम्पनी नै सम्पर्कविहीन भएपछि… ★   घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’ ★   खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन’ ★   ललितपुरको महालक्ष्मीमा आगलागी, एकै परिवारका ५ जना घाइते ★   सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ: प्रधानमन्त्री ★   सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

लहडको भरमा सामाजिक सञ्जाल बन्द गर्ने कुराले लोकतन्त्र संस्थागत हुँदैनः पदम गिरी



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले लहडको भरमा सामाजिक सञ्जाल बन्द गर्नेकुराले लोकतन्त्रलाई संस्थागत गर्न नसकिने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले केही समयअघि सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिवन्धबारे बोल्दै कसैलाई मन नपरेको भरमा सामाजिक सञ्जाल बन्द गर्नेकुराले लोकतन्त्रको संस्थागत हुन नसक्ने जिकिर गर्नुभयो ।

उहाँले नियमन र निगरानीको बाटो हुँदाहुँदै बन्द गर्ने अवस्थामा नरहेको बताउनु भयो । उहाँले सत्तामा हुनेलाई केही कुरा बिजायो भन्दैमा बन्द गरिदिने कुराले समस्याको समाधान नहुने बताउनु भयो । उहाँले यस्ता कुराहरु अनुसन्धानका आधारमा नीति बनाइ नियमन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सबै मानिसहरुले आफूले बोलेका, लेखेका कुरामा जवाफदेही बन्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चाहे पत्रकार, चाहे नेता, चाहे कर्मचारी चाहे जोसुकै क्षेत्रका मानिस हुन् । प्रत्येक नागरिकले आफूले केही कुरा बोल्छ र लेख्छ भने त्यस कुराप्रति उ जवाफदेही हुनैपर्छ । जवाफदेही नहुनु भनेको लोकतन्त्र भन्ने बुझाइ सही होइन । हामीले आफूले गरेका काम र कर्तव्यप्रति सम्पूर्ण रुपले जवाफदेही बन्नैपर्छ । उत्तरदायी हुनैपर्छ । त्यो भएन भने सही अर्थमा हामीले सुसंगत समाज निर्माण गर्न सक्दैनौँ, लोकतन्त्र संस्थागत गर्न सक्दैनौँ । समृद्धिको संकल्पतिर जान सक्दैनौँ ।

समाज झनै उश्रृंखलतातर्फ जान्छ । नयाँ मिडियाको विकास हुँदै गयो भने तदनुकलका हाम्रा नीति, कानून निर्माण गर्नुपर्छ । नियमन, निगरानी गर्नेकुरामा ध्यान दिनुपर्छ । लहडको भरमा यस्तो गर्नुपर्छ । जस्तो टिकटक बन्द भयो । भोलि अर्को बन्द होला । सत्तामा हुनेले केही चिज बिजायो भने बन्द गरिदिने । यसरी समस्याको समाधान हुँदैन । यस्ता कुराको अनुसन्धानका आधारमा नीति बनाउनुपर्छ ।’

प्रमुख सचेतक गिरीले जवाफदेही नहुनु भनेको लोकतन्त्र हो भन्ने बुझाइ सही नभएको बताउनु भयो । आफ्ना कुराप्रति जिम्मेवार नभएसम्म सुसंगत समाज र समृद्धिको संकल्पतिर जान नसकिने बताउनु भयो ।