९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा

लहडको भरमा सामाजिक सञ्जाल बन्द गर्ने कुराले लोकतन्त्र संस्थागत हुँदैनः पदम गिरी

लहडको भरमा सामाजिक सञ्जाल बन्द गर्ने कुराले लोकतन्त्र संस्थागत हुँदैनः पदम गिरी
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले लहडको भरमा सामाजिक सञ्जाल बन्द गर्नेकुराले लोकतन्त्रलाई संस्थागत गर्न नसकिने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले केही समयअघि सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिवन्धबारे बोल्दै कसैलाई मन नपरेको भरमा सामाजिक सञ्जाल बन्द गर्नेकुराले लोकतन्त्रको संस्थागत हुन नसक्ने जिकिर गर्नुभयो ।

उहाँले नियमन र निगरानीको बाटो हुँदाहुँदै बन्द गर्ने अवस्थामा नरहेको बताउनु भयो । उहाँले सत्तामा हुनेलाई केही कुरा बिजायो भन्दैमा बन्द गरिदिने कुराले समस्याको समाधान नहुने बताउनु भयो । उहाँले यस्ता कुराहरु अनुसन्धानका आधारमा नीति बनाइ नियमन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सबै मानिसहरुले आफूले बोलेका, लेखेका कुरामा जवाफदेही बन्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चाहे पत्रकार, चाहे नेता, चाहे कर्मचारी चाहे जोसुकै क्षेत्रका मानिस हुन् । प्रत्येक नागरिकले आफूले केही कुरा बोल्छ र लेख्छ भने त्यस कुराप्रति उ जवाफदेही हुनैपर्छ । जवाफदेही नहुनु भनेको लोकतन्त्र भन्ने बुझाइ सही होइन । हामीले आफूले गरेका काम र कर्तव्यप्रति सम्पूर्ण रुपले जवाफदेही बन्नैपर्छ । उत्तरदायी हुनैपर्छ । त्यो भएन भने सही अर्थमा हामीले सुसंगत समाज निर्माण गर्न सक्दैनौँ, लोकतन्त्र संस्थागत गर्न सक्दैनौँ । समृद्धिको संकल्पतिर जान सक्दैनौँ ।

समाज झनै उश्रृंखलतातर्फ जान्छ । नयाँ मिडियाको विकास हुँदै गयो भने तदनुकलका हाम्रा नीति, कानून निर्माण गर्नुपर्छ । नियमन, निगरानी गर्नेकुरामा ध्यान दिनुपर्छ । लहडको भरमा यस्तो गर्नुपर्छ । जस्तो टिकटक बन्द भयो । भोलि अर्को बन्द होला । सत्तामा हुनेले केही चिज बिजायो भने बन्द गरिदिने । यसरी समस्याको समाधान हुँदैन । यस्ता कुराको अनुसन्धानका आधारमा नीति बनाउनुपर्छ ।’

प्रमुख सचेतक गिरीले जवाफदेही नहुनु भनेको लोकतन्त्र हो भन्ने बुझाइ सही नभएको बताउनु भयो । आफ्ना कुराप्रति जिम्मेवार नभएसम्म सुसंगत समाज र समृद्धिको संकल्पतिर जान नसकिने बताउनु भयो ।