• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   अफगानिस्तानमा बाढीका कारण मृत्यु हुनेको संख्या ३३० नाघ्यो ★   यातायात सञ्जालसँग जोडियो म्यादीको निस्कोट ★   बोल्ड साम्राज्ञी – फोटोफिचर ★   अल्लु अर्जुन समस्यामा, ‘पुष्पा २’ अभिनेताविरुद्ध मुद्दा दर्ता ★   पन्तको अनुपस्थितिमा यी खेलाडीले आरसीबीविरुद्ध दिल्लीको कमाण्ड सम्हाल्नेछन् ★   नीति तथा कार्यक्रम प्रश्तुत गर्दा कुनै अवरोध हुँदैन: प्रधानमन्त्री दाहाल ★   बत्तीसपुतलीमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ ★   नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने ★   प्रिमियर लिगमा आज म्यान्चेस्टर युनाइटेड र आर्सनल भिड्दै ★   सर्लाहीमा आगलागीबाट १० महिनामा एक सय ६१ घर जले

समाजिक सञ्जाल लोकतन्त्रलाई चुनौति दिनसक्ने तहमा आइसकेको छैनः उपाध्यक्ष पौडेल



काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले समाजिक सञ्जाल लोकतन्त्रलाई चुनौति दिनसक्ने रुपमा नआएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक सञ्जालका कारण लोकतन्त्र खतरामा प¥यो भन्ने भनाइसँग आफू सहमत नरहेको बताउनु भयो ।

उहाँले सामाजिक सञ्जालबाट गलत सूचना संप्रेषण गरेर समाजलाई गलत कुरा बुझाउने प्रयास भइरहेको सत्य भएपनि लोकतन्त्र नै खतरामा भने नपारेको बताउनु भयो । उहाँले सामाजिक सञ्जालका गलत सूचनाहरु रोक्ने बारेमा छलफल गरी समाजलाई जोगाउने कोशिस हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मलाई के लाग्छ भने यो सोसल मिडियाले लोकतन्त्रमा खतरा ल्यायो भन्नेकुरासँग म त्यति धेरै सहमत छैन । यसले मिस कम्युनिकेसनको कुरा गरेको छ, गलत सूचना संप्रेषण भइरहेको छ, समाजलाई गलत गर्ने कोशिस पनि गरिएको छ । तर लोकतन्त्रलाई चुनौति दिनसक्ने तहमा यो आइसक्यो भन्ने मलाई लाग्दैन । लोकतन्त्रलाई चुनौति दिनसक्छ जस्तो लाग्दैन । यद्यपि यसका प्रभावको बारेमा छलफल गर्नुपर्छ । त्यसबाट हामीले हाम्रो सोसाइटीलाई जोगाउने कोशिस गर्नुपर्दछ ।’

उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल, इआई, आइटीको दुरुपयोग हुनसक्ने भए सदुपयोग हुनसक्छ की सक्दैन ? भन्ने प्रश्न गर्नुभयो । उहाँले राजनीतिक दलहरु वाक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताका पक्षमा उभिनुपर्ने बताउनु भयो । उहाँले कसैले पनि प्रेस स्वतन्त्रतालाई संकुचन गर्नु नहुने बताउनु भयो । उहाँले लोकतन्त्रको प्राण नै आलोचना भएको जिकिर गर्नुभयो ।