६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा अध्यक्षद्वारा उपराष्ट्रपतिसँग भेट



अ+ अ-

काठमडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

आज बिहान भएको भेटमा अध्यक्ष तिमिल्सिनाको कार्यकालमा राष्ट्रियसभाबाट देश र जनताका पक्षमा पारित विधेयक, निर्माण प्रक्रियामा रहेका कानुनलगायत समसामयिक विषयमा छलफल भएको थियो । उपराष्ट्रपतिले अध्यक्ष तिमिल्सिनाद्वारा आफ्नो कार्यकालमा निर्वाह गर्नुभएको महत्वपूर्ण भूमिकाका लागि धन्यवाद दिँदै उहाँको सुख, शान्ति, दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्नुभएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

त्यस अवसरमा अध्यक्ष तिमिल्सिनाले प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्ताव गरिएका महत्पूर्ण विधेयक र कानुन यथाशीघ्र निर्माण गरी कार्यान्वयनमा ल्याउन सबै पक्षबाट सकारात्मक प्रयास हुन जरुरी भएको बताउनुभयो । यहाँको कार्यकाल यही फागुन २० गते पूरा हुँदैछ । रासस