७ भाद्र २०८३, आईतवार
,
Latest
राप्ती सोनारीमा विपद्मा खटिने आफ्नै उद्धार टोली तनहुँमा सिँचाइ र तटबन्ध निर्माणमा जोड ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छः मन्त्री रावल रेड नोटिसमा रहेका बलात्कार आरोपी ओमानबाट पक्राउ, नेपाल ल्याइयो प्रधानमन्त्रीको भ्रमणले मुस्ताङवासी उत्साहित मध्यस्थता प्रक्रियालाई सक्रिय बनाउन पाकिस्तानी सेना प्रमुख इरान भ्रमणमा युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा युद्धबिच इरानले ‘धेरै समस्या’ भोगिरहेको राष्ट्रपति पेजेस्कियानद्वारा स्वीकार राजेन्द्र विमलको साहित्यिक योगदानको स्मरण, ‘मैथिलीका सशक्त स्रष्टा’ भन्दै प्रशंसा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा क्यानद्वारा २० लाख सहयोग



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषका लागि २० लाख सहयोग गरेको छ । क्यानले शनिबार प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २० लाख सहयोग गरेको जानकारी दिएको छ ।

गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । उक्त भूकम्पबाट क्षति पुर्‍याएपछि पीडितलाई सहयोग गर्न आईसीसी टी–ट्वान्टी विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत नेपाल र ओमानबीचको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त रकमको ५० प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

सोहीअनुरुप क्यानले २० लाख सहयोग गरेको हो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले २० लाख बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका छन् ।