५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

जितको खुसी मनाउँदै गर्दा खेलाडीको हृदयघातबाट मृत्यु



अ+ अ-

एजेन्सी । भारतको बेंगलुरुमा आयोजित एजिस साउथ जोन प्रतियोगितामा हृदयघातका कारण कर्नाटकका पूर्व क्रिकेटर के होयसलाको ३४ वर्षको उमेरमा निधन भएको छ । यो घटना बिहीबारको हो ।

एजिस साउथ जोन प्रतियोगिता अन्तर्गत बिहीबार बेंगलुरुको आरएसआई ग्राउन्डमा तमिलनाडु र कर्नाटकबीच खेल भएको थियो । यो खेलमा कर्नाटकको टोली विजयी भएको थियो । त्यसलगत्तै कर्नाटकका खेलाडीहरूले मैदानमा विजयको उत्सव मनाइरहेका बेला अचानक छाती दुखेपछि होयसला मैदानमै बेहोस भए । मैदानमा रहेका मेडिकल टोलीले तत्काल आकस्मिक उपचार गरिएको थियो, तर होयसलाको शरीरले प्रतिक्रिया गर्न छोडेको थियो ।

त्यसपछि उनलाई थप उपचारका लागि एम्बुलेन्सबाट बोरिङ अस्पताल लगिएको थियो । जहाँ चिकित्सकले होयसलालाई मृत घोषणा गरेका थिए । मृत्युको कारण हृदयघात भएको चिकित्सकहरुले बताएका छन् । होयसलाको आकस्मिक निधनको खबरले दुवै टोलीका खेलाडीमा शोकको लहर छायो ।