५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले आज प्यालेस्टाइनसँग खेल्दै



अ+ अ-

काठमाडौँ । साउदी अ‍ेरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिप फुटबलमा नेपालले आज प्यालेस्टाइनको सामना गर्दैछ । नेपालले समूह चरणको अन्तिम खेल खेल्न लागेको हो ।

नेपाल र प्यालेस्टाइनबीचको खेल नेपाली समयानुसार राति पौने ११ बजे सुरु हुनेछ । लगातार दुई खेलमा सानदार जित निकालेको नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

नेपालले पहिलो खेलमा मंगलबार सिरियालाई ४–१ गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बिहीबार इराकमाथि ५–० गोलको फराकिलो जित निकालेको थियो । उक्त खेलमा नेपालका फरवार्ड साबित्रा भण्डारी एक्लैले पाँच गोल गरी अन्तर्राष्ट्रिय गोल संख्या ५० पुर्याएकी छन् ।

आजको खेलको ‘प्लयेर टु वाच’ उनै साबित्रा हुनेछिन् ।