१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणजी ट्रफी जित्ने प्रत्येक खेलाडीले एक करोड नगद र बीएमडब्लु कार पाउने



अ+ अ-

एजेन्सी । रणजी ट्रफीको प्लेट ग्रुपमा हैदरावादले मेघालयलाई ५ विकेटले पराजित गर्यो । यो जितपछि हैदरावादको टोली एलिट समूहमा फर्किएको छ । दोस्रो इनिङ्समा तिलक वर्मा र अनुभवी ब्याट्सम्यान गहलोत राहुल सिंहले अर्धशतक बनाएर आफ्नो टोलीको जितमा महत्वपूर्ण भूमिका खेले ।

जितपछि हैदरावाद क्रिकेट संघ (एचसीए) ले ठूला पुरस्कारको घोषणा गरेको छ । एचसीएले प्लेट ग्रुप च्याम्पियनलाई १० लाख र उत्कृष्ट प्रदर्शन गर्नेलाई ५० हजार रुपैयाँ पुरस्कार दिने वाचा गरेको छ ।

संघका प्रमुख जगनमोहन राव अर्सिहनपल्लीले पनि आगामी तीन वर्षभित्र रणजी ट्रफी जित्ने खेलाडीलाई बीएमडब्ल्यू कार दिने वाचा गरेका छन् । पुरै टिमका सदस्यलाई १ करोड रुपैयाँ पुरस्कार दिने वाचा पनि गरिएको छ । ‘घोषणाको उद्देश्य खेलाडी र अन्य सरोकारवालाहरूलाई उत्प्रेरित गर्नु थियो’ उनले एक अन्तरक्रियामा भने । ‘अर्को वर्ष लक्ष्य हासिल गर्न यथार्थपरक छैन त्यसैले मैले उनीहरुलाई तीन सिजन दिएको छु ।’

हैदराबादले सन् १९३७–३८ र १९८६–८७ मा रणजी ट्रफीको उपाधि जितेको थियो । पछिल्लो संस्करणमा टोलीले प्लेट डिभिजनमा खेल्नुपर्ने थियो । हैदरावादले प्लेट समूहमा पाँच खेल खेलेको छ । यस अवधिमा उसले सबै पाँच खेल जित्यो । उसको खातामा ३५ अंक थियो । मेघालय टोली तीन जितसहित दोस्रो स्थानमा रह्यो । मिजोरम तेस्रो, नागाल्याण्ड चौथो, सिक्किम पाँचौ र अरुणाचल प्रदेश छैटौं स्थानमा छ ।

फाइनल खेल शीर्ष दुई टोली हैदरावाद र मेघालयबीच भएको थियो । उपाधि खेलमा मेघालयले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । उसले पहिलो इनिङ्समा ३०४ रन बनाएको थियो ।

त्यसपछि हैदरावादले पहिलो इनिङ्समा ३५० रन बनाएको थियो । उसले ४६ रनको अग्रता लिएको थियो । मेघालयले दोस्रो इनिङ्समा २४३ रन बनाएको थियो । उसले हैदरावादलाई १९८ रनको लक्ष्य दिएको थियो । तिलक वर्माको कप्तानीमा रहेको टोलीले पाँच विकेटमा २०३ रन बनाएर खेल जित्यो । दोस्रो इनिङ्समा गहलोत राहुल सिंहले ६२ रन र कप्तान तिलकले ६४ रन बनाए ।