६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुस–चीन मिलेर अमेरिकालाई अन्तरिक्षमा पनि घेराबन्दी



अ+ अ-

बेइजिङ । अब देशहरू बीच अन्तरिक्षको दौड चन्द्रमामा पाइला राख्नेमा मात्र सीमित रहेन। अहिले सबैको नजर अन्तरिक्षमा निर्माण कार्यमा छ ।

अहिले अमेरिका र चीनबीच ठूलो प्रतिस्पर्धा देखिएको छ । चीनले सन् २०३५ सम्ममा चन्द्रमामा अनुसन्धान केन्द्र निर्माण गर्न रुससँग सहकार्य गर्ने र अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको लुनार गेटवेसँग प्रतिस्पर्धा गर्ने पुष्टि गरेको छ ।

चीनको अन्तरिक्ष एजेन्सी चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन (सीएनएसए) का अधिकारीहरूले शुक्रबार अन्तर्राष्ट्रिय चन्द्र अनुसन्धान केन्द्र (आईएलआरएस) निर्माण गर्ने योजनाको पुष्टि गरेका छन्।

सीएनएसएका उपनिर्देशक वु यानहुआले बेइजिङमा एक मिडिया ब्रिफिङमा रूस र चीनले सन् २०३५ सम्म आईएलआरएसका लागि पूर्वाधार निर्माण पूरा गर्ने लक्ष्य राखेका छन्।

आईएलआरएसले नासाको लुनार गेटवेसँग प्रतिस्पर्धा गर्नेछ । लुनार गेटवे अमेरिकी अन्तरिक्ष एजेन्सीको आगामी आर्टेमिस कार्यक्रममा ‘महत्वपूर्ण’ भूमिका खेल्न तयार छ।

यद्यपि नासाको लुनार गेटवेले मात्र चन्द्रमाको परिक्रमा गर्नेछ । आईएलआरएसले चन्द्रमाको सतहमा अर्बिटरका साथै धेरै खोजी रोभरहरू समावेश गर्नेछ।

ब्लूमबर्गक्विन्ट रिपोर्टअनुसार रुस र चीनको अर्को लक्ष्य चन्द्रमामा ऊर्जा, सञ्चार र जीवन–सहायक प्रणालीसहित पूर्वाधार निर्माण गर्नु पनि हो । 

आईएलआरएस परियोजनाको ढोका अन्य देशहरूमा पनि खुला छ। वूले भने, “हामी अन्तर्राष्ट्रिय साझेदारहरूको व्यापक सहभागितालाई स्वागत गर्दछौँ।” 

रुस र चीनका अधिकारीहरूले मार्च २०२१ मा समझदारी पत्रमा हस्ताक्षर गरेपछि यो परियोजना सुरु भएको हो।

यसअघि रुसले नासाको गेटवे कार्यक्रममा सामेल हुने इच्छा व्यक्त गरेको थियो ।

सन् २०१७ सेप्टेम्बर २७ मा रूसको अन्तरिक्ष एजेन्सी रोसकसमस र नासालेले पनि अनौपचारिक विज्ञप्ति जारी गरेका थिए। तर रुसले जनवरी २०२१ मा गेटवे कार्यक्रममा सामेल नहुने घोषणा गर्‍यो।