• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र

देशका लागि ५० गोल पूरा गरेपछि के भन्छिन् ‘साम्बा’ ?



काठमाडौँ । नेपालले वाफ वुमेन्स च्याम्पियनसिप २०२४ मा सेमिफाइनलमा स्थान पक्का गरेको छ । समूह चरणको दोस्रो खेलमा नेपालको जित र प्यालेस्टाइनले सिरियालाई पराजित गरेपछि समूह बी बाट सेमिफाइनल जाने दुई टोलीको टुङ्गो लागेको हो ।

इराकविरुद्ध शानदार जित (५–० गोल) हासिल गरेको नेपाली टोलीका प्रमुख खेलाडी थिइन् साबित्रा भण्डारी ‘साम्बा’ । उनी एक्लैले पाँच गोल गरिन् । योसँगै प्रतियोगितामा कुल ६ गोल गर्दै प्रतियोगितामा धेरै गोल गर्ने खेलाडीको सूचीमा उनी शीर्ष स्थानमा पुगेकी छन् ।

उनको सबैभन्दा ठूलो उपलब्धी भनेको अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पूरा गर्नु हो । सन् २०१४ मा भुटानविरुद्ध बेन्चबाट मैदान प्रवेश गरेको केही मिनेटमै पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल साम्बाले इराकविरुद्ध ५ गोल गरेसँगै यो आँकडा भेटिन् । बिचमा गम्भीर चोटका कारण टोलीबाहिर रहेकी साबित्राको कमब्याक झनै सशक्त रह्यो ।

यसैबीच, साबित्राले सेमिफाइनलको यात्रा तय भएपछि आफूहरु उपाधिका लागि आएको बताएकी छिन् । इराकविरुद्धको खेलपछि आफूले ५० गोल पूरा गरेकामा धन्यवाद व्यक्त गर्दै साबित्राले एक भिडियो सार्वजनिक गर्दै भनेकी छन् – ‘नमस्ते म साबित्रा भण्डारी ‘साम्बा’ । आज देशका लागि ५० गोल पुगेको छ । यो यात्रासम्म आइपुग्दा मलाई साथ–सपोर्ट गर्नुहुने सम्पूर्ण सहयोगि हातहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । यो यात्रासम्म जतिपनि माया–ममता देखाउनुहुने फुटबल समर्थकहरुलाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु । यो प्रतियोगितामा हामी उपाधिका लागि आएका छौँ । हाम्रो लक्ष्य उपाधि जित्नु नै रहेको छ । प्रमुख खेलहरु अझै बाँकी नै छन् । आगामी दिनहरुमा पनि यसैगरी साथ–समर्थनको अपेक्षा गर्दछु धन्यवाद ।’