१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन वर्षअघि सन्यास लिएका टोनी क्रुस जर्मन टोलीमा फर्किए



अ+ अ-

काठमाडौँ । रियल मड्रिडका मिडफिल्डर टोनी क्रुस जर्मन राष्ट्रिय फुटबल टोलीमा फर्किएका छन् । आगामी जुनदेखि आयोजना हुने युरो कपका लागि उनी टोलीमा फर्किएका हुन् ।

उनी मार्चदेखि टोलीको हिस्सा हुनेछन् । ‘म विश्वस्त छु कि यो टोलीले यूरोमा विशेष गर्न सक्छ र हामी सबै सँगै यसमा विश्वास गर्न सक्छौं’ क्रुसले भने ।

३४ वर्षीय क्रुसले २०२१ मे २२ मा अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका थिए । जर्मनीले २०१४ मा विश्वकप जित्दा क्रुसको प्रदर्शन उच्च थियो । उनी एक प्रमुख खेलाडी थिए ।

२०१० मा राष्ट्रिय टोलीमा डेब्यु गरेका क्रुसले १०६ खेलमा १७ गोल गरेका छन् । युरो कप जुन १५ देखि सुरु हुँदैछ । घरेलु टोली जर्मनीले स्कटल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।