• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

विश्वकप लिग–२ः नामिबिया र नेदरल्याण्ड्स भिड्दै



काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत आज नेदरल्यान्ड्स र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ः३० बजे सुरु हुनेछ । दुई खेलमा जितसहित नामिबिया अंक तालिकाको शीर्ष स्थानमा छ ।

अघिल्लो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको नामिबिया आज बदला दिने तयारीसहित मैदानमा उत्रनेछ । अर्कोतर्फ अंक तालिकाको पुछारमा रहेको नेदरल्यान्ड्स नामिबियाविरुद्धको जितलाई कायमै राख्ने तयारीमा छ ।

पहिलो खेलमा नेपाललाई चार विकेटले पराजित गरेको नामिबिया दोस्रो खेलमा नेदरल्यान्ड्ससँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपाललाई नै चार विकेटले हराएको नामिबिया चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान एक–एक जित निकालेका नेपाल र नेदरल्यान्ड्स दुई अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् ।

नेदरल्यान्ड्सविरुद्ध सहज जित (९ विकेटले हराएको) नेपाल रन रेटको आधारमा दोस्रो स्थानमा छ । अब अन्तिम खेल फागुन १३ गते आइतबार नेपाल र नेदरल्यान्ड्सबीच कीर्तिपुर मैदानमा हुनेछ ।

लिगमा २४ त्रिदेशीय शृङ्खलाअन्तर्गत पहिलो शृङ्खला नेपालमा भएको हो । आगामी सन् २०२७ सम्म चल्ने उक्त लिग–२ मा नेपालसहित आठ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा जारी छ ।

गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकामा यसपटकको लिग–२ मा भने आठ टोली भिड्दैछन् । आठ टिमले कुल १४४ एकदिवसीय खेल खेल्नेछन् भने २४ त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुनेछ ।

आठमध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वतः कायम रहन्छ भने विश्वकप छनोटमा सिधा स्थान बनाउनेछन् । यसअघि शीर्ष तीन टोली विश्वकपमा सिधै छनोट भएका थिए ।

बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ । चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्, जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ ।