२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि… News Polar एन्फाको आर्थिक अनियमितता: चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा

महासमितिले कांग्रेसको नीति बनायो कि भत्कायो ?

महासमितिले कांग्रेसको नीति बनायो कि भत्कायो ?
अ अ+ अ-

काठमाडौं । चार पटक स्थगित भएर र संस्थापन पक्षले नचाहँदा नचाहँदै बसेको कांग्रेस महासमिति बैठक अलमलमै सकिएको छ । कांग्रेसको आगामी नीति तय गर्ने भनिए पनि महासमितिले त्यस्तो कुनै नयाँ काम गर्न सकेन ।

महासमिति बैठकले पार्टी संगठन निर्माण, संविधान संशोधन र सरकारको कामकारबाहीबारे कुनै पनि निर्णय लिन सकेन । उल्टै विषयलाई गिजोल्ने काम मात्र भयो । संविधान विपरित हिन्दू राष्ट्र कायम गर्नुपर्छ भन्ने माग बढ्यो र जबरजस्त उठेको यो मागले नेतृत्वलाई नै अप्ठ्यारो बनाइदिएको छ ।

महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका थिए । यी प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा महासमितिमा गरिएको छ । तर प्रस्तावभित्रका विषयले भने कांग्रेसमा विवाद बढ्ने निश्चित छ ।

विशेष गरी चुनावी गठबन्धन नगर्ने भन्ने महामन्त्री थापाको प्रस्तावमा संस्थापन समूह असन्तुष्ट छ । बैठकमै सभापति शेरबहादुर देउवाले गठबन्धनको विकल्प नरहेको बताइसकेका छन् । तर महामन्त्री थापा अब यही महासमितिको बैठकले पारित गरेको प्रतिवेदन देखाएर गठबन्धनको विरोध गरिरहने छन् । त्यसले पनि कांग्रेसलाई अप्ठ्यारो पार्न सक्छ ।

कांग्रेसभित्रको गठबन्धनको बहसले अन्य विषय छायामा परे । यो विषय यति चासोको बन्यो कि महासमिति बैठक उद्घाटन भइसक्दा पनि सांगठनिक प्रतिवेदन टुंगो लागेन । सभापति देउवा र महामन्त्री थापाको आ–आफ्नै अडानबीच यसमा मध्यमार्गी प्रस्ताव गरेर भविष्यमा चुनावी गठबन्धन नगर्ने भन्नुको सट्टा एक्लै चुनाव लड्छौं भन्ने भाषा प्रयोग गरियो ।

त्यसो त महासमितिको समापन गर्नुअघि सभापति देउवाले महासमिति बैठकले नेपाल र नेपाली कांगेसको राजनीतिमा विशिष्ट ऐतिहासिक महत्व राख्ने दाबी गरेका छन् । उनले बैठक सफलताका साथ सम्पन्न भएको पनि बताए । तर महासमितिका निर्णयपप्रति उनले अपनत्व लिन्छन् कि लिँदैनन् भन्ने स्पष्ट भन्न सकिने आधार चाहिँ छैन ।

महासमिति बैठकमा चर्चा र चासोमा रहेका धेरै विषय ओझेलमा परे । सदस्यता, नेतृत्व चयन प्रणाली, उम्मेदवार छनोट विधि लगायतका २० बुँदे सांगठनिक सुधारको कार्ययोजनमा छलफल नै भएन । हुलमुलमा सबै प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको भनिए पनि अब यिनै प्रतिवेदनलाई लिएर कांग्रेसमा थप विवाद नहोला भन्ने आधार देखिँदैन ।