५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाका पूर्व खेलाडी आल्भेस बलात्कारको मुद्धामा दोषी ठहर



अ+ अ-

काठमाडौं । बार्सिलोनाका पूर्व खेलाडी डानी आल्भेस यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर भएका छन् ।

स्पेनिस अदालतले बार्सिलोनाका पूर्व खेलाडी तथा ब्राजिली फुटबलर आल्भेस बार्सिलोनाको नाईट क्लबमा भएको बलात्कार मुद्धामा दोषी ठहर गरेको हो ।

अदालतले आल्भेसलाई साँढे ४ वर्षका लागि जेल सजाय तोकेको छ । साथै, अदालतले पीडितलाई एक लाख पचास हजार यूरो तिर्न पनि आदेश दिएको छ ।

४० वर्षका विश्व स्तरीय डिफेन्डर आल्भेसमाथि सन् २०२२ को डिसेम्बरमा बलात्कारको आरोप लागेको थियो । उनले भने आफुमाथि लागेको आरोप अस्विकार गर्दै आएका छन् ।

२० वर्षभन्दा लामो करियरमा आल्भेसले बार्सिलोना, युभेन्टस र पीएसजी लगायतका एलिट क्लबहरूबाट प्रमुख उपाधि जितेका थिए। उनले ब्राजिललाई ३८ वर्षको उमेरमा दुई कोपा अमेरिका र एक ओलम्पिक स्वर्ण पदक जिताउन पनि मद्दत गरेका थिए।