काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले शुक्रबार आइपीओ बाँडफाँड गर्ने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार शुक्रबार (फागुन १४ गते) आइपीओ बाँडफाँट गर्ने तयारी भएको हो ।
यो आइपीओमा सर्वसाधारणलाई बिक्री गरिएको ३ लाख ७५ हजार कित्तालाई आधार मान्दा ३७ हजार ५०० जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १५ लाख १८२ जनाले भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् । सेयर बाँडफाँट गोलाप्रथाबाट हुने भएको छ ।
यसमा कुल २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १५ लाख ३६ हजार ६८२ जनाले २ करोड ३४ लाख ३३ हजार ७७० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले माघ ३० गतेबाट फागुन ५ गतेसम्म ४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो । जसमा खुला गरेको मध्ये ०.५ प्रतिशत (५ हजार कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको थियो ।
त्यस्तै ५ प्रतिशत (२० हजार कित्ता) शेयर म्युचुअल फन्डलाई बाँडफाँट छुट्याईको थियो । बाँकी ३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।