२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोहम्मद शामीले आईपीएल २०२४ नखेल्ने



अ+ अ-

एजेन्सी । भारतीय फास्ट बलर मोहम्मद शामी ईन्डियन प्रिमियर लीग (आईपीएल) २०२४ बाट बाहिरिएका छन् । खुट्टाको चोटका कारण उनी प्रतियोगिताबाट बाहिरीएका हुन् ।

उनी एकदिवसीय विश्वकप २०२३ पछि क्रिकेट मैदानमा देखिएका छैनन् । शमीको आईपीएल २०२४ बाट बाहिरिनु गुजरात टाइटन्सका लागि ठूलो झट्का साबित हुन सक्छ ।

शमी गुजरातका मुख्य फास्ट बलर हुन् । उनी गत सिजन अर्थात आईपीएल २०२३ मा सर्वाधिक विकेट लिने बलर थिए । उनले १७ खेलमा १८.६१ को उत्कृष्ट औसतमा २८ विकेट लिएका थिए ।

समाचार एजेन्सी ‘पीटीआई’ लाई उद्धृत गर्दै बीसीसीआई स्रोतले शमी बायाँ घुँडाको चोटका कारण आईपीएलबाट बाहिर रहेको बताएको छ। शमीको चोटले शल्यक्रिया गर्नुपर्नेछ, जुन बेलायतमा हुनेछ।

शमीलाई २०२२ को मेगा अक्सनमा गुजरातको टोलीले ६.२५ करोड भारुमा किनेको थियो, त्यसपछि उनी टोलीका लागि सफल फास्ट बलर बनेका थिए । यसअघि शमी पञ्जाब किंग्सको हिस्सा थिए। शामीले अहिलेसम्म कुल ११० आईपीएल खेल खेलेका छन् । जहाँ ११० इनिङ्समा बलिङ गर्दै २६.८६ को औसतमा १२७ विकेट लिएका छन् । यस अवधिमा उनको ईकोनोमि ८.४४ रहेको छ ।

सन् २०२३ मा घरेलु मैदान भारतमा भएको एकदिवसीय विश्वकपमा शमीले चमत्कार गरेका थिए । शमी विश्वकपमा भारतका लागि सबैभन्दा बढी विकेट लिने बलर बने । विश्वकपमा ७ खेल मात्र खेलेका उनले १०.७१ को उत्कृष्ट औसतमा २४ विकेट लिएका थिए ।