१९ भाद्र २०८३, शुक्रबार
,
Latest
साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाफ महिला च्याम्पियनसिप: नेपालले इराकको सामना गर्दै



अ+ अ-

काठमाडौं । पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा आज समूह चरणको दोस्रो खेलमा नेपाली महिला टोलीले इराकको सामना गर्दै छ ।

साउदी अरेबियाको किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजे सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा सिरिया माथि ४-१ को सानदार जित हात पारेको थियो । इराक भने प्यालेस्टाइनविरुद्ध ३-० ले पराजित भएको थियो ।

नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । नेपाल र प्यालेस्टाइन दुवैको समान ३-३ अंक रहेको छ ।

नेपाली टोली:

गोलकिपर: एन्जिला तुम्बापो सुब्बा (कप्तान), उषा नाथ, अञ्जना राना मगर

डिफेन्डर: गीता राना, अमृता जैशी, हिरा कुमारी भुजेल, बिमला विक, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना, सबिना चौधरी

मिडफिल्डर: अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, बिमला चौधरी, सरस्वती हमाल

फरवार्ड: चन्द्रा भण्डारी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मि कुमारी घिसिङ्ग, सबिता राना मगर