२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

बुधबार नेप्से परिसूचक १२.५६ अंकले बृद्धि, कारोबार रकम ६ अर्ब ७० करोडभन्दा बढी

बुधबार नेप्से परिसूचक १२.५६ अंकले बृद्धि, कारोबार रकम ६ अर्ब ७० करोडभन्दा बढी
अ अ+ अ-

काठमाडौं । बुधबार नेप्से परिसूचक १२.५६ अंकले बढेर २ हजार ५९९.०७ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन शेयर बजार ०.४९ प्रतिशत बढेर बन्द भएको हो ।

आजको दिन २ हजार ६००.३३ विन्दुदेखि खुलेको बजार तीन मिनेटमै २ हजार ६२० विन्दुमा पुगेको थियो । बुधबार रू. ६ अर्ब ७० करोड १८ लाख ७२ हजार बराबरको १ करोड ६७ लाख २६ हजार ४७२ कित्ता शेयर कारोबार भएको छ । यस दिन २०४ वटा कम्पनीको ६९ हजार ९९४ पटकको व्यापारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो । यसदिन सर्वाधिक रकमको शेयर कारोबार नेपाल बैंकको भएको छ ।

बैंकको रू. ५८ करोड २५ लाख ७५ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको नेपाल बैंकको शेयरमूल्य पनि ५.३० प्रतिशतले बढेको छ । प्रतिकित्ता रू. २४ ले बढेर बैंकको अन्तिम मूल्य रू. ४७७ कायम भएको छ ।

यो दिन जलविद्युतको १.११ प्रतिशत र अन्य समूहको ०.५१ प्रतिशत परिसूचक घटेको छ भने बाँकी ९ समूहको बढेको छ । यसदिन होटल समूहको परिसूचक सर्वाधिक २ दशमलव ३ प्रतिशतले बढेको छ । 

त्यस्तै बैंकिङ समूहको ०.८१ प्रतिशत, व्यापारिकको ०.०६ प्रतिशत, विकास बैंकको ०.७ प्रतिशत, वित्तको ०.५१ प्रतिशत, निर्जीवन बीमाको १.४२ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.९६ प्रतिशत, लघुवित्तको ०.५ प्रतिशत, जीवन बीमाको १.०२ प्रतिशत र म्युचुअल फण्डको १.०९ प्रतिशत परिसूचक बढेको छ ।

यसदिन आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशत बढेको छ भने नेपाल फाइनान्सको ९.९७ प्रतिशत र चन्द्रागिरी हिल्सको ९.९४ प्रतिशत बढेको छ । आइएमईको प्रतिकित्ता रू. १०० ले बढेर अन्तिम मूल्य रू. १ हजार १००, नेपाल फाइनान्सको प्रतिकित्ता रू. ३२ ले बढेर अन्तिम मूल्य रू. ३५३ र चन्द्रागिरी हिल्सको प्रतिकित्ता रू. ३१ ले बढेर अन्तिम मूल्य रू. ३४३ पुगेको हो । 

कारोबार खुलेदेखि नै नेप्सेको सिष्टममा समस्या आउँदा खरीदविक्रीको आदेश राख्न नमिलेपछि सामाजिक सञ्जालमा लगानीकर्ताहरुले बजार घट्दा नबिग्रने सिष्टम बढ्दा किन बिग्रन्छ भनेर आक्रोस व्यक्त गरेका थिए । 

यसअघि पनि धेरै पटक नेप्सेको कारोबार प्रणालीमा यस्तो समस्या देखिदै आएको छ। टिएमएसको समस्या दोहोरिरहँदा लगानीकर्ताको मनोबलमा नकारात्मक असर पर्ने हुँदा यस विषयमा नियामक निकायले कडाईका साथ अनुसन्धान गर्नुपर्ने शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले माग गर्नुभएको छ ।

सर्वोच्च अदालतले संसद पुनःस्थापना गरिसकेको अबस्थामा बुधबार बजारले सकारात्मक गति लिने लगानीकर्ताहरुको आशा रहेको थियो ।  कारोबारको शुरुवाती समयमा सिष्टममा समस्या आएको कारण नेप्सेको वेबसाइटमा गलत तथ्याङ्कहरु देखाइएको थियो । 

हाल चर्चामा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को शेयर मूल्य शतप्रतिशत घटेको तथ्याङ्क नेप्सेको वेबसाइटमा सार्वजनिक पनि भएको थियो । उक्त कम्पनीको शेयर खरीदका लागि आदेश प्रविष्ट गर्न नमिल्दा शेयर मूल्यमा नकारात्मक असर परेकाले नेप्सेले केहि समय कम्पनीको शेयर कारोबार बन्द गरेको थियो ।

कारोबार सुचारु पछि निफ्राको शेयरमूल्य ५.३९ प्रतिशतले घटेको छ । प्रतिकित्ता रू. ३२ ले घटेर निफ्राको अन्तिम शेयरमूल्य रू. ५६२ कायम भएको हो । बुधबार निफ्राको रू. ५५ करोड ९९ लाख २९ हजार बराबरको ९ लाख ९२ हजार २०७ कित्ता शेयर कारोबार भएको छ ।