११ असार २०८३, बिहीबार
,
Latest
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो आइल्यान्ड, जहाँ कसैले पनि प्रवेश पाउँदैनन् !



अ+ अ-

एजेन्सी । विश्वमा यस्ता कैयौं आइल्यान्डहरु रहेका छन्, जुन विभिन्न कारणले प्रसिद्ध रहेका छन्, जहाँ धेरै संख्यामा मानिसहरु घुम्न जाने गर्दछन् ।

तर यस्ता आइल्यान्ड पनि रहेका छन् जसमा जानका लागि कसैलाई पनि अनुमति रहेको छैन । एक यस्तै आइल्यान्ड आइसल्यान्डमा रहेको छ, जसको निर्माण सन् १९६३ मा भएको थियो ।

आइसल्यान्डको दक्षिणी तटबाट करीब ३० किलोमिटरको दुरीमा अवस्थित यस सानो आइल्यान्डको नाम सर्टसी द्वीप रहेको छ । यो विश्वकै सबैभन्दा कान्छो द्वीपहरुमध्ये एक हो । यसको उमेर ५९ वर्ष रहेको छ । सर्टसी आइल्यान्डको निर्माण पानीको भित्र ज्वालामुखी विस्फोटबाट भएको थियो । पग्लिएको लाभा जम्मा भएर एक उम्लियो र १४ नोभेम्बर १९६३ मा आधिकारीक रुपमा यो आइल्यान्डको निर्माण भएको हो ।

नर्वेको पौराणिक कथा अनुसार यस आइल्यान्डको नाम आगोको देवता सर्टरको नामबाट राखिएको हो । जब यो आइल्यान्ड बन्यो तब फ्रान्सका ३ पत्रकारहरुको टोली यसमा कदम राख्न हिम्मत गरेका थिए तर केही समयमा नै उनीहरु त्यहाँबाट गायब भए ।

उनीहरु गएपछि त्यस आइल्यान्डमा भयानक विस्फोट भएको थियो । यस आइल्यान्डमा विभिन्न प्रकारका पन्छी तथा जनावरहरु रहेका छन् तर यहाँ मानिसलाई जाने अनुमति रहेको छैन ।

यहाँ सीमित संख्यामा वैज्ञानिकलाई मात्र जाने अनुमति रहेको छ, त्यो पनि राम्रोसँग जाँच गरेर मात्र । यस आइल्यान्डको प्रयोग वैज्ञानिक अनुसन्धानका लागि गर्ने गर्दछन् ।