३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ६ सय ९२ पीसीआर परीक्षणमा ९४ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकाभित्र भक्तपुरमा २, ललितपुरमा १२ र काठमाडौंमा ३३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको छ । हालसम्म १ हजार ५ सय ५५ जना सक्रिय संक्रमित छन् । 

साथै आज ७१ जना संक्रमित कोरोनामुक्त भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७० हजार १ सय ३९ पुगेको छ । आज कोरोनाबाट एक जनाको मृत्यु भए सँगै नेपालमा हालसम्म मृत्यु हुनेको संख्या २ हजार ६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।