२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ६ सय ९२ पीसीआर परीक्षणमा ९४ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकाभित्र भक्तपुरमा २, ललितपुरमा १२ र काठमाडौंमा ३३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको छ । हालसम्म १ हजार ५ सय ५५ जना सक्रिय संक्रमित छन् । 

साथै आज ७१ जना संक्रमित कोरोनामुक्त भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७० हजार १ सय ३९ पुगेको छ । आज कोरोनाबाट एक जनाको मृत्यु भए सँगै नेपालमा हालसम्म मृत्यु हुनेको संख्या २ हजार ६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।