५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनपूर्वको गठबन्धनको पक्ष र विपक्षमा बाँडिए काँग्रेस महासमिति सदस्यहरु, भुईंमान्छेका आवाज सुन्नुपर्ने माग



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको महासमिति सदस्यहरुको आम निर्वाचन अघि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा मत बाझिएको छ ।

नेपाली काँग्रेसको जारी महासमिति बैठकमा बोल्दै महासमिति सदस्यहरुले आम निर्वाचनपूर्व गठबन्धनको पक्ष र विपक्षमा आफ्नो मतहरु राखेका हुन् । महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदन पेश गर्दै आगामी आम निर्वाचन अघि गठबन्धन गर्नु नहुने प्रश्ताव गरेसँगै महासमिति सदस्यहरु यसको पक्ष र विपक्षमा विभक्त भएका हुन् । महासमिति बैठक स्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेपाली काँग्रेसका नेता तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अहिले गठबन्धनको सम्बन्धमा निर्णय गर्ने बेला नभएको बताउनु भयो । उहाँले आगामी निर्वाचनमा बिरोधीहरु एकै ठाउँमा उभिएमा काँग्रेसले बिरोधीहरुलाई फुटाउन गठबन्धन गर्नुपर्ने हुनसक्ने भन्दै तत्कालिन अवस्थामा भर पर्ने बताउनु भयो । उहाँले निर्वाचनमा एक्लै लड्ने मानसिकताका साथ काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘चुनाव एक्लै लड्नुपर्छ भन्ने मानसिकताका साथ संगठन गर्नुपर्छ । एक्लै लड्ने हो हामी भनेर तयारी गर्ने हो । तर लड्नुपर्दाखेरी काँग्रेसभन्दा बाहेकका सबै एकठाउँमा आउने भए भने त्यो बेलामा उनिहरुलाई फुटाउनका लागि काँग्रेस कसै न कसैसँग मिलेर गठबन्धनमा जाने परिस्थिति सिर्जना पनि हुनसक्छ । अहिलेदेखि नै गठबन्धन गर्ने भनेर हिँड्ने कुरा सम्भव छैन । र भोलि गठबन्धन गर्नुपर्ने आवश्यकता, बिरोधीहरु एक ठाउँमा उभिएर कमजोर पार्न खोजेभने त्यो बेलामा नयाँ रणनीतिका साथ अगाडी बढ्ने कुरा हो । कहिले कहिलेको चुनाव छ अहिले गठबन्धन गर्ने नगर्ने भनेर निर्णय गरेर हिँड्ने होइन ।’

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता रामहरी खतिवडाले अहिले गठबन्धनको विषयमा बोल्नु बेमौसमको बाजा भएको भनि धेरै महासमिति सदस्यहरुले टिप्पणी गर्नुभएको बताउनु भयो । उहाँले देशको अर्थनीति जनतामैत्री हुनुपर्ने र देशमा लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिएर पनि कुरा उठिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले गठबन्धनको बारेमा बोल्ने बेला छैन । बेमौसमको बाजा भयो यो भन्ने कुराहरु धेरै मात्रामा आएको देखिएको छ । त्यो सँगसँगै आर्थिक नीतिहरु राम्रो भएन । नेपालको अर्थतन्त्र कन्तुरमा थन्क्याएर जनता भोकै मर्ने अर्थतन्त्र चाहिएको छैन । जनताको बीचमा पुग्नुप¥यो । अर्थतन्त्र चलायमान हुनुप¥यो । यो नीति काँग्रेसले लिनुप¥यो । युवालाई रोजगारी दिने, नेपालमा लगानीको वातावरण कसरी सिर्जना गर्ने यो विषयमा विस्तृत रुपमा छलफल भइरहेको छ । सरकारको काम कारबाहीमा सन्तुष्ट छैनन् । मन्त्रीहरु आफ्नो स्वार्थमा केन्द्रित भए भन्ने आयो । सरकारले नयाँ काम गरेको अनुभुति हुनुप¥यो भन्ने छ ।’

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आगामी दिनमा गठबन्धन आवश्यक छैन भन्नेको संख्या ठूलो रहेको बताउनु भयो । उहाँले पार्टी विधान अनुरुप नचलेको कुरालाई पनि बैठकमा प्राथमिकताका साथ उठाइएको बताउनु भयो । महासमिति बैठकमा उपस्थितहरुलाई ४ समुहमा विभाजन गरि महासमिति सदस्यहरुलाई आफ्नो कुरा राख्न दिइएको छ ।

उहाँले भन्नुभयो – ‘आगामी दिनमा गठबन्धन आवश्यक छैन भन्नेको ठुलो संख्यामा मत राखेका छन् । पार्टी विधानतः चलेको छैन भन्ने कुरालाई त्यत्तिकै प्राथमिकताका साथ राख्नुभएको छ । केन्द्रिय तहका नेताहरु पनि वडामै गएर निर्वाचन लडेर फेरि केन्द्रिय सदस्य लड्ने पूर्वाधार तयार गर्नुपर्छ भनिएको छ । स्वच्छ छलफल भएको छ ।’

सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल महिला संघकी अध्यक्ष उषा मिश्रले महासमितिको बैठकमा भुईंमान्छेका आवाज सुनिनुपर्ने बताउनु भयो । उहाँले जनतालाई आशाको सन्देश दिनुपर्ने बताउनु भयो । उहाँले सबै समावेशिताका मुद्दाहरु महासमितिले उठाउन सक्नुपर्ने बताउनु भयो । हउाँले

उहाँले भन्नुभयो, ‘महासमिति आफैँमा गर्वको विषय हो । महासमितिले नेपाली काँग्रेसलाई उत्साह जनाउन सक्नुपर्छ । निराशाको सन्देश दिनु हुँदैन । भुई मान्छेका कुराहरु सुनिनुपर्छ । सबै समावेशिताका मुद्दाहरु महासमितिले उठाउन सक्नुपर्छ । कार्यपत्रहरु प्रश्तुत भएका छन् ।’

उहाँले महासमितिको बैठक आफैँमा गर्वको विषय भएको भन्दै महासमितिले काँग्रेस र जनतामा उत्साह जगाउन सक्नुपर्ने बताउनु भयो ।