२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजा वीरेन्द्रको शान्ति क्षेत्र प्रस्तावलाई प्रधानमन्त्री दाहाल फेरी व्यूताउन खोज्दै !



file photo
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिक्षेत्रको प्रस्तावका बारेमा पार्टी भित्र सकारात्मक रुपमा छलफल भै रहेको जनाउनु भएको छ ।आज दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।

भेटमा प्रधानमन्त्री दाहालले भन्नुभयो ‘भू राजनीतिको सम्बेदनशिलताका कारण पनि शान्तिक्षेत्रको प्रस्ताबको सान्दर्भकिता बढेको छ । यस बारेमा पार्टी भित्र पनि सकारात्मक रुपमा छलफल भै रहेको छ ।’

उहाँले राजनीति सम्भावनाको खेल भएको जनाउदै फेरी मुलुका युद्ध वा अन्य कुनै हिसां नहोस भन्नेका सबै सचेत हुनु पर्ने बताउनु भयो । उहाँले सक्रमणकालीन न्याय सम्बन्धी बिधेयकमा दलहरु , पीडित र अन्तराट्रिय समुदायको सहमति भै सकेको जनाउदै केही दिन भित्र नै संसदबाट पारित हुने बताउनु भयो ।

उहाँले भन्नुभयो ‘शान्तिप्रक्रिया टुङ्याउन पहल गरिरहेका छौँ, त्यसमा सकारात्मक सहयोग रहोस् राप्रपाल पनि साथ देओस । ‘

सन् १९७३ को सेप्टेम्बरमा अल्जेरियामा सम्पन्न असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा राजा वीरेन्द्रले शान्ति क्षेत्र प्रस्तावको अवधारणा पहिलो पटक अघि सार्नुभएको थियो । पञ्चायती व्यवस्थाको अन्त्यसम्म आइपुग्दा यो प्रस्तावको विश्वका १ सय ३० राष्ट्रहरूले समर्थन गरेका थिए।