१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामिबियाविरुद्ध आसिफको अर्धशतक



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाएका छन् ।

नामिबियाविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको नेपालका लागि शेखले ५५ बलमा अर्धशतक बनाएका हुन् । उनले ८ चौका र १ छक्का प्रहार गरे । यसअघि नेदरल्यान्ड्सविरुद्धको खेलमा पनि आसिफले अर्धशतक बनाएका थिए । उनको या एकदिवसीय क्रिकेटमा १२ औं अर्धशतक हो ।

ताजा स्थितीमा नेपालले १७.३ ओभरमा ३ विकेट गुमाएर ९२ रन जोडेको छ ।