११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले आज प्रधानमन्त्री दाहाललाई मागपत्र बुझाउने



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज प्रधानमन्त्रीलाई मागपत्र बुझाउने भएको छ । राष्ट्रियता, विकास, सुशासन र सेवाप्रवाह लगायत जनजीविकासँग सम्बन्धित विभिन्न विषयमा राप्रपाले प्रधानमन्त्रीलाई मागपत्र बुझाउन लागेको हो ।

राजसंस्था र हिन्दूराज्यको पुनस्र्थापना, देश संरचना खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिलगायतका माग राखेर राप्रपाले आज ४० बुँदे माग राख्दै प्रधानमन्त्रीसमक्ष मागपत्र बुझाउँदै छ ।

आज अपराह्न दबाबमूलक र्‍यालीसहित ज्ञापनपत्र बुझाईने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

भृकुटीमण्डपबाट दिउँसो १२ बजे सुरु हुने र्‍याली भद्रकाली, वीर अस्पताल, रत्नपार्क हुँदै पुन: भृकुटीमण्डपलमा पुगेर सभामा परिणत हुने र अपराह्न साढे १ बजे राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोलीले सिंहदरबारमा पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने कार्यक्रम छ ।