२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले आज प्रधानमन्त्री दाहाललाई मागपत्र बुझाउने



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज प्रधानमन्त्रीलाई मागपत्र बुझाउने भएको छ । राष्ट्रियता, विकास, सुशासन र सेवाप्रवाह लगायत जनजीविकासँग सम्बन्धित विभिन्न विषयमा राप्रपाले प्रधानमन्त्रीलाई मागपत्र बुझाउन लागेको हो ।

राजसंस्था र हिन्दूराज्यको पुनस्र्थापना, देश संरचना खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिलगायतका माग राखेर राप्रपाले आज ४० बुँदे माग राख्दै प्रधानमन्त्रीसमक्ष मागपत्र बुझाउँदै छ ।

आज अपराह्न दबाबमूलक र्‍यालीसहित ज्ञापनपत्र बुझाईने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

भृकुटीमण्डपबाट दिउँसो १२ बजे सुरु हुने र्‍याली भद्रकाली, वीर अस्पताल, रत्नपार्क हुँदै पुन: भृकुटीमण्डपलमा पुगेर सभामा परिणत हुने र अपराह्न साढे १ बजे राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोलीले सिंहदरबारमा पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने कार्यक्रम छ ।