• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु ★   विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी अलराउन्डरले भने– यो पाकिस्तान क्रिकेटको सबैभन्दा तल्लो स्तर हो ★   धनुषाबाट आठ दिनदेखि बेपत्ता महिलाको शव फेला

गायिका अन्जु पन्तको विवाह समारोह सम्पन्न (भिडियोसहित)



काठमाडौं । चर्चित गायिका अन्जु पन्तको दोस्रो विवाह समारोह सम्पन्न भएको छ । दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले उनीहरुले क्रिश्चियन परम्परा अनुसार विवाह गरेको हो।

उनले बुधबार प्रेमी थीर कोइरालासँग विवाह गरेकी हुन् । एक दशक अगाडि गायक मनोजराजसँग डिभोर्स गरेकी पन्तले क्रिश्चियन परम्परा अनुसार थीरसँग बुधबार चर्चमा विवाह गरिन् । विवाह समारोहमा थीर कोइरालाले कलेजी रङ्गको सुट लगाएका थिए भने अन्जु पन्तले सेतो रङ्गको गाउन पहिरिएकी थिइन् । 

अन्जु र थीर केही समयदेखि प्रेमसम्बन्धमा रहेको पनि खुलिएको थियो । उनीहरुको प्रेम सम्बन्धलाई छोरीको अनुरोधमा विवाहमा लैजाने निर्णय लिएको अन्जु पन्तले केही मिडिया मार्फत भन्दै आएकी थिइन् । उनले केही आफन्तको मात्र विवाहमा सहभागिता गराएकी थिइन् । 

अन्जुले सामाजिक संजालमा टिकटिकबाट अपलोड गरेर भिडियो समेत राखेकी छिन् । उक्त भिडियोमा थीरले मायाले अन्जुलाई खाना खुवाएको देख्न सकिन्छ ।