• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर

प्रतिनिधि सभाका सांसदले एकमुष्ट पाउने भए तीन महिनाको तलब



काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले  एकमुष्ट तीन महिनाको तलव पाउने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएपछि उनीहरूले संसद नचलेको अवधिको पनि तलब पाउने भएका हुन्।  

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा भंग भएसँगै २७५ जनासांसदहरुको तलब सुविधा रोकिएको थियो । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पुसको बाँकी अवधिको र माघ तथा फागुनको तलब सांसदहरूको खातामा जम्मा हुने बताए।

सांसदहरूको तलब मासिक ६५ हजार रूपैयाँ वुझ्ने गरेका छन् । यो हिसावले मासिक एक करोड ८० लाख रूपैयाँ प्रतिनिधिसभाका सांसदको एक महिनाको तलबभत्तामा खर्च हुन्छ ।

पुस र माघ महिनाको ३ करोड ५७ लाख ५० हजार रूपैयाँ र फागुन महिनाको १ करोड ७८ लाख ७५ हजार रूपैयाँ गरी ५ करोड ३६ लाख २५ हजार रूपैयाँ सांसदले तलबमात्र पाउने भएका हुन् । 

प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतकलगायतको केही बढी छ। यो अवधिमा बैठक बसेको भए उनीहरूले बैठक भत्ता र यातायात सुविधा पाउने थिए।

राष्ट्रिय सभाका सांसदहरुले भने नियमित तलब पाउँदै आएका छन्।