४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिभी अभिनेता ऋतुराज सिंहको निधन



अ+ अ-

एजेन्सी । टिभी अभिनेता ऋतुराज सिंहको निधन भएको छ । उनले बनेगी अपनी बात. ज्योति, हिटलर दीदी, शपथ, वॉरियर हाई, आहट और अदालत, दिया और बाती हम जस्ता धेरै भारतीय टिभी कार्यक्रमहरूमा विभिन्न भूमिका निर्वाह गरेका थिए। ।

अभिनेताको आकस्मिक निधनको खबर सुनेर फ्यानहरु निकै स्तब्ध भएका छन् । हृदयघातका कारण अभिनेताको निधन भएको हो । यी दिन ऋतुराज सिंह लोकप्रिय टिभी शो ‘अनुपमा’ मा देखिएका थिए ।

अभिनेताको आकस्मिक निधनको खबर सुनेपछि टिभी उद्योगमा शोकको लहर छाएको छ । ऋतुराजले ‘ये रिश्ता क्या कहलाता है’ सहित अन्य धेरै लोकप्रिय टिभी शोहरूमा पनि काम गरिसकेका छन् । अभिनेताको व्यक्तिगत जीवनको बारेमा कुरा गर्दा, ऋतुराज सिंहको पूरा नाम ऋतुराज सिंह चन्द्रवत सिसोदिया थियो । उनको जन्म राजस्थानको कोटामा सिसोदिया राजपूत परिवारमा भएको थियो ।

ऋतुराज सिंहले आफ्नो स्कुले शिक्षा दिल्लीमा लिएका थिए । सन् १९९३ मा मुम्बई आए र अभिनयलाई करियरको रुपमा रोजे । ऋतुराजले अहिलेसम्म एक खेल रजनीती, बद्रीनाथ की दुल्हनिया जस्ता धेरै हिन्दी फिल्महरूमा काम गरिसकेका छन् ।

अभिनेता सिंहको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि बुधबार बिहान ९ बजेदेखि उनको निवासमा राखिनेछ । अन्तिम संस्कार पनि बुधबार बिहान १०ः३० बजे मुम्बईको ओशिवरा हिन्दु श्मशान स्थलमा गरिने छ ।